माओवादी थप आक्रामक, दबाएर अघि बढ्ने मानसिकतामा सरकार

२० असार २०७०, बिहीबार ०८:०४ मा प्रकाशित

काठमाडौं, २० असार । वैद्य नेतृत्वको माओवादीको आक्रामक रणनीति सार्वजनिक भएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषद्का सदस्यहरुसँग बुधबार गम्भीर छलफल गरेका छन् । छलफमा नेकपा- माओवादी र अन्य असन्तुष्ट दललाई संविधानसभा चुनावमा सहभागी गराउन वार्तामार्फत अन्तिमसम्म पहल गर्ने र वार्तामा सहभागी नभए उपेक्षा गर्दै दबाएर भए पनि चुनाव गरिछाड्ने विषयमा सबै मन्त्रीबीच सहमति भएको बुझिएको छ । माओवादीको मंगलबार पोखरामा सम्पन्न केन्द्रीय समितिले संविधानसभा बिथोल्ने, फौजी संरचना बनाई जनविद्रोह गर्नेलगायत कार्यदिशा पास गरेको थियो । 
बताइएअनुसार माओवादीलाई वार्तामा ल्याउन सरकारका तर्फबाट सञ्चार, शिक्षा र सामान्य प्रशासनमन्त्री माधव पौडेलले आग्रह गरेका थिए, तर माओवादी पक्षबाट सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसालले सो आग्रहलाई ठाडै इन्कार गरेका थिए । त्यसपछि अवरुद्ध संवैधानिक एवं राजनीतिक संकटको निकास संविधानसभाको चुनाव नै भएकाले त्यसमा सहभागी गराउन सरकारले अन्तिम अवस्थासम्म पहल गर्ने, सफल नभए दबाएर भए पनि सम्पन्न गर्नुपर्ने बाध्यता हुने उल्लेखित नेताद्वयलाई सरकारका तर्फबाट अवगत गराइएको थियो । यसबाट माओवादी पक्ष झन् आक्रोशित भएको बुझएको छ ।
वार्ताको टेबुलमै नबसी कसरी समस्या निकासको बाटो खोज्न सकिन्छ र ? भनी सरकारका तर्फबाट तर्क गरिएको भए पनि असन्तुष्ट पक्षले वर्ताको विषय उपेक्षा गर्दै चारदलको संयन्त्र, राष्ट्रपतिबाट जारी बाधा अड्काउ फुकाउ आदेश, समानुपातिक प्रतिनिधित्वलगायतमा प्रश्न उठाई चुनावको विरोध गर्दै आएका छन् । यसरी विरोध गर्नेमा माओवादी, उपेन्द्र यादव र किशोरकुमार विश्वास नेतृत्वका मोर्चा, संघीय समाजवादी दललगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर