बन्दीहरु आन्दोलनमा, ३५ बन्दी अटाउने स्थानमा १ सय २० जना

२० असार २०७०, बिहीबार ०७:४४ मा प्रकाशित

नवलपरासी, २० असार । नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला कारागार ब्यबस्थापनबिरुद्ध कारागारका बन्दीहरु आन्दोलनमा उत्रिएका छन् । बन्दिहरुको सुबिधा कटौती गरिएको बिरोधमा आन्दोलन सुरु गरेको बन्दीहरुले बताएका छन् । कारागार प्रसासनले बजार भाउभन्दा दोब्बर मुल्य र गुणस्तरहीन खाद्य सामाग्री उपलब्ध गराएको, आफुहरुले पाउने रासनमा कारागारका कर्मचारी तथा सुरक्षाहरुले अनियमितता गरेको कारागारका मुल नाइके देव सुनारले बताए ।
कारगार प्रसासनले बिगतमा गरेका सहमतिहरु कार्यन्वयन नगरेको आरोप पनि बन्दीहरुले लगाएका छन् । कारागार ब्यबस्थापनले गरेका गलत कृयाकलापका बिरुद्ध थुनुबा तथा बन्दिहरुले नाराबाजी गरीरहेका छन् । बन्दी तथा थुनुवाहरुले बजारमा सुरक्षा कर्मीसंग जान पाउनु पर्ने, भैतिक निर्माणमा बन्दिहरुले लगाएको रकम फिर्ता पाउनु पर्ने, ५० प्रतिशत कैद भुक्तान भएका कैदीले छुट पाउनु पर्ने लगायतका माग अघिसारेका छन् । गत शुक्रबारदेखि आन्दोलनमा उत्रिएका बन्दिहरुका समस्या र मागका बिषयमा बुझ्न कारागार पुगेका सञ्चारकर्मीहरुलाई कारागारका जेलर रामप्रसाद भट्टराईले रोक लगाए । ३५ जनाको क्षमता भएको परासी कारागारमा अहीले क्षमता भन्दाबढी १ सय २ जना कैदीबन्दी राखिएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर