इजिप्टमा सेनाद्वारा राष्ट्रपति बर्खास्त, मुख्य न्यायाधीशलाई अन्तरिम सरकारको जिम्मेवारी

२० असार २०७०, बिहीबार ०७:३२ मा प्रकाशित

एजेन्सी । इजिप्टको सेनाले देशको संविधान निलम्बित गर्दै राष्ट्रपति मोहमद मोर्सीलाई पदबाट हटाएको छ । सेना प्रमुख जनरल अब्देह फतह अल–सीसीले राष्ट्रपतिको शक्ति अब मुख्य न्यायाधीशमा रहेको घोषणा गरेका छन् । रोष्ट्रिय टेलिभिजनमार्फते सन्देश जारी गर्दै अल–सीसीले चुनाव नहुँदासम्म अन्तरिम सरकारको काम मुख्य न्यायाधीशले सम्हाल्ने उद्घोष गरेका छन् ।
इजिप्टको राजनीतिक समस्या समाधानका लागि राष्ट्रपति महम्मद मुर्सी र विपक्षीलाई दिइएको ४८ घण्टे समय–सीमा समाप्त भएलगत्तै राजधानी कायरोका कतिपय इलाकामा सेनाको ट्याङ्क तैनाथ गरिएको थियो भने सेनाले सडकमा गस्ती सुरु गरेका थिए ।
सत्तारुढ मुस्लिम ब्रदरहुड पार्टीले सेनाको कदमलाई ‘कु’को संज्ञा दिएको छ । राष्ट्रपति मुर्सीले आफ्नो फेसबुक वालमा सेनाको कदमलाई शासन उल्टाइएको रुपमा उल्लेख गरेका छन् भने उनका समर्थक र पार्टी कार्यकर्ताहरुले जनताको बिरोधका सामु नझुक्ने बयान दिएका छन् ।
मुर्सीले आफूले अझै राजनीनामा नदिएको र नदिने बताएका छन् भने इजिप्टमा दुईपक्षीय झडप बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४