अदालतले आफ्नै निर्णय उल्टाएपछि सुकुम्बासीको बिचल्ली

१९ असार २०७०, बुधबार २२:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २० असार । जिल्ला अदालतले आफैले गरेको निर्णय उल्टाएपछि गोरुसिंगेका ८ घर दलित परिवार पिडित बनेका छन् । जयनगर–८ को कि.न. ६७४ को खिचला मुद्धा अदालतले २०६६ साल भदौ २४ गते दाबी नपुग भन्दै सुकुम्बासीहरुको पक्षमा फैसला गरेको थियो । स्थानीय भानकुमारी विकले त्यहाँ बस्दै आएका ८ जना सुकुम्बासी विरुद्ध गरेको मुद्धामा अदालतले उक्त फैसला सुनाएको थियो । फैसला पुनरावेदन अदालत बुटवल तथा सर्वोच्च अदालतले समेत सदर गरे पनि हाल आएर पुनः जिल्ला अदालतले आफ्नै फैसला उल्टाएको पीडितहरुले आरोप लगाएका छन् । 

दाबी नपुग भन्दै फैसला गरेको मुद्धामा पुनः भानकुमारीले सोहि जग्गामा बस्दै आएकी शान्ति सुनारको २ धुर जग्गा जिल्ला अदालतले भानकुमारीको भन्दै फैसला गरेपछि बाँकी सुकुम्बासीहरु समेत विस्थापित हुने अवस्था सिर्जना भएको छ । २०४० साल देखि ऐलानी क्षेत्रमा बस्दै आएको ९ घर परिवारलाई झुक्याएर भू–माफियाको सहयोगमा भानकुमारी वि.क.ले सो कित्ताको १ कट्ठा ३ धुर जग्गा आफ्नो नाउँमा गरेपछि विवाद झेलिएको थियो । अदालतले भर्खरै गरेको फैसलाले आफुहरु विस्थापित हुने अवस्था सिर्जना भएको सो क्षेत्रमा बस्दै आएका सुकुम्बासीहरुले बताएका छन् । पीडित शान्ति सुनारले सर्वोच्च अदालतले नै दाबी नपुग फैसला ठीक भनेपछि फेरि सोहि मुद्धामा अर्को फैसला गर्नु अदालतको नियत ठीक नभएको आरोप लगाइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण