मैदी अपहरण काण्डका अपराधी पक्राउ

१९ असार २०७०, बुधबार २१:२८ मा प्रकाशित

काठमाडौं, १९ असार । गुण्डागर्दी र अपहरणको रोग अब शहर बजारबाट गाउँतिर पनि सरिसकेको छ । गत शुक्रबार धादिङ मैदी–१ उखुबारीमा भएको एक घटनाले यस्तै देखाउँछ । उक्त दिन स्थानीय क्रालामा तामाङ्गलाई उनको घरमा दिनदहाडै पाँचजना अपहरणकारी पुगेर कुटपिट गर्दै अपहरण गरे । आर्थिक लेनदेनको विषयलाई लिएर तामाङको अपहरण गरिएको भनिए पनि ऐन नियम लत्याएर आफूखुशी कारवाही गर्ने अराजक प्रवृत्तिको उनी सिकार बनेको प्रस्टै थियो । प्रहरीले ती पाँचै अपहरणकारीलाई पक्राउ गरेको छ । मैदीकै एक गोठमा लुकेर बसेका अपहरणकारहिरु पक्राउ परेका हुन् । 
काठमाण्डौका नागेन्द्र क्षेत्रीले क्रा लामासंग ९ लाख रुपैयाँ असुली गर्नुपर्ने र सो रकम असुली गरि आधा रकम (४ लाख ५० हजार) कमिशन दिने गरि ५ जनालाई अपहरण गर्न पठाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको सिंहले जानकारी दिए । अपहरणको क्रममा कुटिएका क्रा लामा तामाङको टाउको र अन्य भागमा चोट लागेका कारण अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ प्रहरी प्रमुख नायव उपरिक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेहरुमा धादिङ दार्खा गाविस वडा नं ५ का करण तामाङ सोही स्थानका कुन्दन गुरुङ, सत्यदेवी– २ का जेनिस तामाङ, झार्लाङ– २ घर भई हाल मुरलीभञ्ज्याङ गाविस वडा न २ ससाहमा बस्दै आएका धनबहादुर तामाङ र सिन्धुली जिल्ला दुम्जा गाविस वडा न ६ घर भई हाल काठमाण्डौको बालाजुमा बस्दै आएका भरत लामा रहेका छन् ।
पाँचै जनालाई मानिस अपहरण तथा ज्यान मार्ने उद्योग ऐन अनुसार कार्वाही गरिने प्रहरीले प्रहरी नायव उपरिक्षक अशोक सिंहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही