शान्ति सुरक्षा नै हिन्दू धर्मसंस्कृतिको संरक्षण – सुशिल नाहाटा

२७ चैत्र २०६८, सोमबार १८:५१ मा प्रकाशित

काठमाडौं, २७ चैत्र । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशिल नाहाटाले हिन्दूधर्म कला संस्कृतिको संरक्षण र विकासका लागि सरकारले सुरक्षा र फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताएका छन् ।

नाहाटाले भने– अहिले हिन्दूधर्म संस्कृतिमाथि चारैतिरबाट आक्रमण भएको छ, हिन्दूधर्मका मठ मन्दिर, पार्टी पौवा र पर्वतहरुमा अतिक्रमण भएका छन्, हुँदै छन्, तत्काल सरकारले हिन्दूधर्मका ऐतिहासिक तीर्थस्थलहरुमा शान्ति सुरक्षा दिनपर्छ ।
सोमबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै पशुपति विकास कोषले हालै पशुपतिनाथका मूल भट्ट, भट्ट, भण्डारीको मासिक तलब र भेटीघाटीकोे दैनिक हिसाव गरेर सर्वसाधारणमा सार्वजनिक गर्ने, सुनचाँदी लकरमा राख्ने, चाँदी, तामा, पित्तल र स्टीलका गरगहनाहरु बम्बै ढुकुटीमा राख्ने र श्री ढुकुटी वर्षमा एक पटक खोलेर सार्वजनिक गर्ने जस्ता महत्वपूर्ण निर्णय गरिएको जानकारी दिँदै सदस्य सचिव नाहाटाले भने– हाम्रो यो ऐतिहासिक कार्यमा सरकारले फोहोर व्यवस्थापन र सुरक्षा दिनसके हिन्दुधर्म संस्कृतिको संरक्षण, संम्बर्धन गर्न सकिने बताए ।
विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले भने– क्रिश्चियनहरुको आस्थाको केन्द्रविन्दू जेरुसेलम, मुस्लिम धर्मको मक्का, मदिना भए जस्तै हिन्दू धर्मको आस्थाको केन्द्रविन्दू पशुपतिनाथलाई बनाउने मुल लक्ष र उद्देश्य रहेको छ ।
बैद्यले जहाँ पैसा हुन्छ, त्यहाँ द्रव्य पिसाच जन्मनसक्छ, द्रव्य पिसाच भित्रन नदिनको लागि पत्रकारहरुलाई निरन्तर अनुगमन गर्न आग्रह गरे ।
पशुपति क्षेत्र विकास कोषले हिजो २६ गते मूल भट्टलाई सेवा सुविधा तलब गरी मासिक २ लाख ५० हजार, भट्टहरुलाई २ लाख २५ हजार र भण्डारीहरु ३ जनालाई ३ लाख दिने र भक्तहरुले श्रद्धाले चढाएको भेटीलाई पारदर्शी व्यवस्थापन गरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा