बुटबल धागो कारखाना सञ्चालनको पहल

१९ असार २०७०, बुधबार २०:५६ मा प्रकाशित

रुपन्देही, १९ असार । विगत ६ वर्षदेखि पुर्णरुपमा बन्द रहेको वुटवल धागो कारखाना खुलाउनको लागि बेरोजगार युवा संघ नेपालका अध्यक्ष चन्द्रबहादुर थापा सागरले फाईदा हुने केही व्यक्तिले सरकारी लगानीको उद्योग धरासायी बनाएको बताउँदै राज्यले चाहने हो भने बन्द उद्योग संचालन हुन सक्ने वताए । उनले बन्द उद्योग खुलाउनको लागि यहाँका उद्योगी व्यवसायी स्थानीयवासी
राजनीतिक दलहरु संचारकर्मीको सकारात्मक भुमिका आवश्यक रहेको बताए ।
संचालनको लागि दबाब दिइरहेको बेरोजगार युवा संघ नेपालका पदाधिकारी सदस्य सहितको संचारकर्मीको टोलीले बुधवार उद्योगकोे अवस्थाको बारेमा जानकारी लिएको छ । चालु पुँजीको अभावमा वन्द भएको उक्त उद्योग संचालनको लागि १५ करोड रकम आवश्यक पर्ने कारखानाका प्राविधिक अधिकृत डोलराज शर्माले जानकारी दिए । चालु हालतमै वन्द भएकाले करिव डेढ करोड खर्च गरी मेसिन मर्मत भएमा संचालनमा आउने उनको भनाई छ ।
प्रतिदिन साढे १० मेटिकटन धागो उत्पादन क्षमता रहेको उक्त कारखानाले बन्द हुनुअघि ७ मेट्रिकटन सम्म धागो उत्पादन गर्दथ्यो । उत्पादित धागो ८० प्रतिशत भारत निकासी हुन्थ्यो भने दश प्रतिशत मात्र आन्तरिक वजारमा खपत हुने गर्दथ्यो । उद्योग संचालन भए करिव ७ सय जनाले रोजगारी पाउने सम्भावना देखिन्छ ।
निरिक्षणपछि वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली, वालकृष्ण चापागाई लगायतले बन्द उद्योग संचालनको लागि राज्यलाई दवाव दिन आवश्यक रहेको वताए । थ्री पिसको अवधारणअन्तर्गत उद्योग संचालन गर्न सके दीर्घकालिन हुन सक्ने उनीहरुको भनाई छ । बन्द उद्योग संचालनका लागि दबाब दिन गठित युवा बिद्यार्थीहरु संघर्ष समितिको आयोजनामा २१ गते वुटवलमा अन्तरक्रिया गर्ने बताइएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर