साउदीले आममाफीको म्याद बढायो, थप हजारौँ कामदारलाई राहत

१९ असार २०७०, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौं, १९ असार । गैरकानुनी कामदारलाई आममाफीसहित स्वदेश फर्कन साउदी अरबले दिएको दुईमहिने अवधि बढाएर अरु चार महिना थपिदिएको छ । साउदीले गैरकानुनी कामदारलाई जुलाई २ अर्थात् असार १८ गतेसम्मका लागि आममाफी दिएको थियो । नेपाललगायत विभिन्न देशले त्यसको समय थप्न गरेको लिखित आग्रहलाई सुनुवाइ गर्दै आगामी नोभेम्बर २ सम्मका लागि थप समय दिइएको हो । परिचयपत्र र राहदानीजस्ता कागजात साथमा नभएर साउदीबाट नेपाल जान नसकेका कम्तीमा १० हजार नेपालीलाई यसबाट लाभान्वित हुने त्यहाँको नेपाली दूतावासले जनाएको छ । विमानस्थलबाटै स्पोन्सरमा नपुगेका, स्पोन्सरमा पुगेर परिचयपत्र नबनाई भागेका कामदार स्वदेश फिर्नबाट वञ्चित रहेका नेपाली कामदार कम्तीमा १० हजार थिए, अब उनीहरूलाई ठूलो राहत मिल्ने बताइएको छ ।
घर फिर्न नपाएकाहरू अझै सार्वजनिक पार्क, सडक वा खुला चौरमा बसिरहेका छन् । दिनभर चर्को घाममा बसेकाहरू रातभर खुला चौरमा खजुरको बोटमुनि बस्न बाध्य भएका छन् । जेद्दामा आक्रोशित भीडबाट दूतावासबाट खटी गएका कर्मचारीलाई आक्रमणको प्रयास गरिएको थियो ।
दुई महिने समयमा दूतावासले ३५ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिएको थियो । उनीहरू पनि विमानस्थलबाट र्फकनुपरेको थियो । आफूलाई उपलब्ध गराएको नम्बर विमानस्थल नपुगिसकेका, साउदी अबरमा अवैधानिक तवरले भित्रिएका, अदालतमा मुद्दा परेका र छिनोफानो भइनसकेका, व्यक्तिगत विवरण गलत भएका, अध्यागमनमा फिंगर प्रिन्ट नभएका र ट्राफिक प्रहरीमा जरिवाना तिर्न बाँकी रहेकाहरू स्वदेश फिर्न नपाएको दूतावासले जनाएको छ ।
आममाफीको समयमा हजारौं नेपालीलाई उद्धार गर्न काठमाडौंबाट सरकारले आवश्यकताअनुसार बजेट र कर्मचारी उपलब्ध नगराएकाले जटिल समस्या परेको पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार