‘मुलुकमा दुरदृष्टि भएको नेताको अभाव’

१९ असार २०७०, बुधबार १०:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १९ असार । मुलुकमा दुरदृष्टि भएको नेताको अभावमा नेपाली राजनिति संकटतर्फ फस्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले राजनीतिक दलका नेताहरु देशको समस्या समाधान तथा जनताको भावनाको सम्बोधन गर्नुको सट्टा व्यक्तिगत स्वार्थमा अल्झिदा समस्या बढेको धारणा राखे ।
स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९० औ जन्मजयन्तीका अवसरमा बुटवलमा जिपी कोइराला प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै पुर्वसांसद एवं कंग्रेसनेता सुर्यप्रसाद प्रधानले मुलुकमा गिरिजाप्रसाद कोइरालाको जस्तो दुरदृष्टि र क्षमतावान नेता नहुँदा कंग्रेसलाई मात्र नभई सिंगो मुलुकलाई नै अभाव महसुस भएको बताए । उनले नेताहरुले व्यक्ति र पार्टि भन्दा माथी उठेर काम गरे मात्र असली जनताको नेता बन्न सक्ने भन्दै हरेक पार्टिका नेतामा त्यस्तो
भावना नदेखिएको बताए । कार्यक्रममा नेपाल िकंग्रेसका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाललगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण