वर्षाको भेलले खानेपानी योजना तहसनहस, सडकमा काम गर्दागर्दे एक जनाको मृत्य

१९ असार २०७०, बुधबार १०:४० मा प्रकाशित

गुल्मी, १९ असार । करिव १ महिनादेखि अवरुद्ध गुल्मी मरभुङको एक खानेपानी योजना अझै सञ्चालनमा आउन नसक्दा स्थानीय उपभोक्ता प्रभावित वनेका छन् । मरभुङ गाविसमा रहेको प्याजगाडे खानेपानी योजना लगातारको वर्षाको भेलले पुरिदिने गरेकोमा पछिल्लोपटक तहसनहस तुल्याएको तर योजना अझै सञ्चालनमा आउन नसकेको स्थानिय दुर्गावहादुर खड्काले बताए ।
योजना अवरुद्ध हुँदा सो गाविसको वार्ड नं. ७ र ८ का करिव १ सय ४३ घरधुरीका उपभोक्ताहरु प्रभावित वनेका छन् । अवरुद्ध खानेपानी योजना सञ्चालन गर्ने कार्य चलिरहेको खानेपानी उपभोक्ता समितिका सचिव वोमवहादुर पौडेलले बताए ।
यसैबीच गुल्मीको गौँडाकोट गाविसमा सडकमा काम गर्दागर्दै एक व्यक्तिको मृत्यु भएको छ । गौँडाकोट गाविस ७ का ५२ वर्षिय शेरबहादुर महतरा रुंखादह नजिकै सडकमा काम गर्दैगर्दा बेहोश भएका थिए । सडकको नाली सफा गर्दैगर्दा बेहोस भएर लडेको केही समयमै उनको मृत्यु भएपछि सँगै काम गर्ने स्थानीय परशुराम चुँदालीले प्रहरीलाई खवर गरेका थिए ।
बेहोस भएका महतराको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । महतराको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच