घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका मन्त्रीका पीए धरौटीमा छुटे

२७ चैत्र २०६८, सोमबार १८:४९ मा प्रकाशित

काठमाडौं, २७ चैत । घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरीले रङ्गेहात पक्राउ गरेका वन राज्यमन्त्री लक्ष्मण महतोका निजी पीए नागेन्द्र यादव विगो बराबरको धरौटी राखी सोमबार रिहा भएका छन्।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको इजलासले उनलाई ५० हजार धरौटी लिई तारेखमा रिहा गर्न सोमबार आदेश दिएको हो। अदालतको आदेशलगत्तै विगो बराबरको धरौटी राखी उनी रिहा भएका छन्।

अदालतमा यादवले आफ्नो सापट दिएको रुपैयाँ फिर्ता माग्दा फसाएको, घूस खाएको होइन भनी इन्कारी बयान दिएका थिए।

फैसलामा उजुरवालाको उजुरी, बरामदी मुचुल्का र पेश भएको सिडीको अध्ययनबाट बरामद रकम प्रतिवादीले रिसवत वापत लिएको कुरा समर्थित भएको र बुझ्दै जाँदा प्राप्त प्रमाणबाट ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीले रु.५० हजार नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राख्‍न आदेश दिएको छ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरीले अनामनगरस्थित पीस प्वाइन्ट रेष्टुरेण्टबाट गत फागुन १७ गते पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई