अख्तियार सक्रिय हुँदा को–को आतङ्कित ?

१९ असार २०७०, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौं, १९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक ढङ्गले ‘सफाइ अभियान’ सुरु गरेपछि अनियमितता र भ्रष्टाचारमा संलग्न रहँदै आएकाहरूमा आतङ्क मच्चिएको छ । अख्तियारले अकुत सम्पत्ति आर्जन गरेका सरकारी कर्मचारी तथा अन्यको पहिचान गरी अनुसन्धान गर्ने र कारबाही प्रक्रिया अघि बढाउने योजनाबद्ध अभियान सुरु गरेकोले उनीहरूमा यसरी सन्त्रास फैलिएको हो । अख्तियारको अभियानबाट सबभन्दा बढी आतङ्कित अर्बपति घोषित विनोद चौधरी भएका छन् । भ्याट छलीको गम्भीर अभियोग लागेका चौधरीमाथि ‘मनी लन्ड्रिङ’ र विदेशी मुद्रा अपचलनको आरोप छ । चौधरीले नेपालको कानुनविपरीत विदेशमा अर्बौं लगानी गरेका छन् भने उनीमाथि दिवंगत राजपरिवारको सम्पत्ति लुकाएको आरोप पनि छ । 
पूर्वसभासद्समेत रहेका चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पत्र पठाई आफ्नो सम्पत्तिको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको छ । यसरी अख्तियारको पत्र आएपछि चौधरी त्राहीमाम भएका छन् र उनले आफूविरुद्ध कुनै कारबाही प्रक्रिया अघि नबढाइयोस् भनी विभिन्न शक्तिकेन्द्रहरूमा धाउन थालेका छन् । चौधरीविरुद्ध भ्याट छलीमा कारबाही हुन लाग्दा नेकपा एमालेको तर्फबाट अर्थमन्त्री भएका भरतमोहन अधिकारीले त्यसबेला बचाइदिएका थिए । स्मरणीय छ, विनोद चौधरी व्यक्तिगत रूपमा सूर्यबहादुर थापासँग निकट भए पनि एमालेका तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।
लोकमानसिंह कार्की अख्तियार प्रमुख भएमा आफ्ना अनियमितता छोपछाप गर्न मुस्किल हुने भएपछि उनले ठूलो धनराशि खर्च गरी एमालेलाई कार्कीको नियुक्तिविरुद्ध उभ्याएका थिए । सम्पूर्ण प्रयासका बाबजुद कार्की अख्तियारप्रमुख बनेपछि चौधरीलाई आफ्नै अपराध कर्मले ज्यादा सताउन थालेको बताइन्छ । पैसाको बलमा राजनीतिकर्मी तथा प्रशासकहरूलाई आफूअनुकूल प्रयोग गर्दै आएका चौधरीले लोकमानसिंह कार्कीलाई भने चाहेबमोजिम प्रयोग गर्न सक्ने स्थिति देखिएको छैन । त्यसैले उद्यमी व्यापारीको आवरणमा पञ्चायतकालदेखि विनोद चौधरीले गर्दै आएको अपराध अब खुल्ने सम्भावना छ । अख्तियारले सम्पत्ति विवरण प्रस्तुत गर्न गत साता विनोद चौधरीको नाममा पत्र काटेपछि आत्तिएका चौधरीले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसमक्ष समेत गुहार लगाएको बुझिएको छ ।
अर्का उद्योगी राजेन्द्र खेतान पनि अख्तियारको कारबाहीमा पर्न सक्ने भन्दै कारबाहीबाट जोगाइदिन अनुनयविनयसहित विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । भ्याट छलीमा संलग्न सबै उद्योगी तथा व्यापारीहरूलाई कारबारी गर्ने अख्तियारको तयारी अन्तिम चरणमा पुगेपछि खेतान आत्तिएका हुन् । बैंक तथा इन्स्योरेन्स कम्पनीहरूमा नियमविपरीत लगानी गर्दै आएका चौधरीले रक्सी कम्पनीबाट भ्याट छली गरेको अभियोग छ । त्यस्तै खेतानले पनि कानुनविपरीत विदेशमा लगानी गरेका छन् भने दीर्घकालीन बसोबासका लागि सिंगापुरमा घर किनिसकेको बताइन्छ । खेतानले बिस्तारै विदेश पलायन हुने सुर गरेपछि खेतानको लगानी रहेका विभिन्न उद्योगमा कार्यरत कर्मचारी वैकल्पिक रोजगारीको खोजीमा लागिसकेको बुझिएको छ ।
अख्तियारले भ्याट छलीमा संलग्न रहेका उद्योगी–व्यापारीहरू मात्र नभएर सरकारी उच्चअधिकारी, शिक्षक, प्राध्यापक, सुरक्षा अधिकारीहरूको पनि सम्पत्ति छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका दायरामा परेकाहरूको बैंक लकर सिज गर्न भन्दै नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिसकेको छ । सूत्रका अनुसार सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुँवर, नेपाल प्रहरीका डीआईजी प्रतापसिंह थापा, रमेशविक्रम शाह, एसपी सञ्जयसिंह बस्नेत रहेका छन् । त्यसैगरी दूरसञ्चार प्राधिकरणका दिगम्बर झा, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुषोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगतमानसिंह प्रधान, प्रदीप ठाकुर, नीरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव (विराटनगर), विजय ठाकुर रहेका छन् । त्यस्तै ऊर्जा मन्त्रालयका सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ, वैदेशिक रोजगार विभागका भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी, आयल निगमका वतिराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे, सीटीईभीटीका रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल, गृह मन्त्रालयका उद्धव तिमिल्सिना
(बझाङ), गोपाल पराजुली (रामेछाप), दीपक पोखरेल (झापा), यातायात व्यवस्था कार्यालयका विपिनकुमार लाल कर्ण (जनकपुर), भीमप्रसाद गौतम (इटहरी), कीर्तिवल्लभ पौडेल (ललितपुर), राजेश पन्थी (ललितपुर), जीवन आचार्य (पर्सा), खुसीलाल कर्ण (जनकपुर), राजस्व प्रशासनका दीर्घराज मैनाली (बानेश्वर), कुलप्रसाद चुँडाल (ललितपुर), धर्मेन्द्र मिश्र (बुटवल), इन्द्र ढुङ्गाना (ऋण असुली न्यायाधीकरण), विद्युत् प्राधिकरणका विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ,
रोशन अग्रवाल, बज्रभूषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेन्द्रलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, प्रमोद ढुङ्गाना, मेडिकल काउन्सिलका अनीलकुमार झा, मनोहर प्रधान, नीलमणि उपाध्याय, इन्जिनियरिङ परिषद्का शालिग्राम सिंह, प्राध्यापक अरुण सायमीलगायतका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार