सलमान आगामी साता नेपाल आउने

१९ असार २०७०, बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं, १९ असार । छिमेकी भारतका विदेशमन्त्री सलमान खुर्सिद नेपाल भ्रमणमा आउने भएका छन् । प्राप्त जानकारीअनुसार खुर्सिद असार २५ गते मंगलबार काठमाडौं आइपुग्ने र भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम तय भएको छ । हाल निर्धारण गरिएको समयभन्दा अगाडि नै नेपाल भ्रमण गर्ने तयारी गरिएको भए पनि नेपालका परराष्ट्रमन्त्री माधव घिमिरे जेनेभा प्रस्थान गगरेकाले खुर्सिद आगामी मंगलबार मात्र यहाँ आउने भएका हुन् । नेपाल रहँदा खुर्सिदले नेपाल प्रहरीको एकेडेमी भवन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने र आगामी मङ्सिर ४ गते सम्पन्न गर्न लागिएको निर्वाचनका लागि ‘लजिस्टिक’ सहयोगको घोषणा हुने बुझिएको छ । स्मरणीय छ, भारत सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा निर्वाचन आयोगलाई एक हजारभन्दा बढी गाडी तथा अन्य सहयोग गर्ने भएको छ । नेपाली सेनाले निर्वाचन प्रयोजनका निम्ति गरेको दुई ठूला आकारका हेलिकोप्टरको मागप्रति पनि भारत सरकार सकारात्मक रहेको बताइन्छ । 
यसैबीच भारतले नेपालका लागि नयाँ राजदूतमा रनजित रेलाई चयन गर्ने निर्णय गरेको छ । वर्तमान राजदूत जयन्त प्रसादको कार्यकाल आगामी अगष्टमा सकिने भएपछि भारत सरकारले नयाँ राजदूतमा अविवाहित रनजित रेको नियुक्ति गरेको हो । तथापि राजदूत जयन्त प्रसादलाई तीन महिना थप गरी आगामी मङ्सिर ४ गते गर्ने भनिएको चुनावसम्म राजदूतकै रूपमा निरन्तरता दिनेबारे पनि भारतीय विदेश मन्त्रालयमा विचार–विमर्श भइरहेको बुझिएको छ । रनजित रे नेपालसम्बन्धी विज्ञ र परिपक्व कूटनीतिज्ञका रूपमा चिनिन्छन् । दशकअघि भारतीय विदेश मन्त्रालयमा नेपाल मामलासमेतको प्रमुख रहेका उनी हाल भियतनामका लागि भारतीय राजदूत हुन् भने यसअघि उनी हङ्गेरीका निम्ति भारतीय राजदूत थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४