एनआईसी बैंक र बैंक अफ एसिया एक भए

१९ असार २०७०, बुधबार ०७:४२ मा प्रकाशित

काठमाडौं, १९ असार । एनआईसी बैंक र बैंक अफ एसिया गाभिएर बनेको ‘एनआईसी एसिया बैंक’ले आफ्नो कारोबार तथा सेवा सुरु गरेको छ । एनआईसी एसियाको थापाथलीस्थित कर्पोरेट कार्यालयको राष्ट्र बैँकका गभर्नर युवराज खतिवडाले उद्घाटन गरे ।
सो अवसरमा गभर्नर खतिवडाले ‘मर्जर’ राष्ट्र बैंकको मात्र एजेन्डा नभई समस्त बैंकहरूको साझा एजेन्डाका रूपमा बुझ्न सरोकारवालाहरूलाई आग्रह गरे । बैंकले पुँजी मात्र बढाएर बैंक बलियो नहुने बरु निक्षेपकर्तालाई सुरक्षाको अनुभूति गराउन सक्नु महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
एनआईसी बैंक र बैंक अफ एसियाबीच गत ३ गते साझेदारी पत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रिया अघि बढाएका थिए भने १३ असारमा राष्ट्र बैंकले मर्जरको स्वीकृति दिएको थियो । आर्थिक वृद्धिदर सुस्त तर बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो अवस्थाका कारण जैविक वृद्धिले मात्र राम्रो नहुने देखेर मर्जरका लागि सोच्न बाध्य भएको बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले बताए । आफूहरूको सोचमा राष्ट्र बैंकले सकारात्मक नीति लिइदिएको जोशीको भनाइ छ । मर्जरपछि बैंकको पुँजीको आकार ५० अर्बभन्दा बढीको हुन पुगेको बताइएको छ । यस बैंकका ५३ शाखा र ५७ एटीएम काउन्टर रहेका छन् । एक वर्षभित्रै यसको सङ्ख्या अझै वृद्धि गरिने बताइएको छ ।
बैंक सञ्चालनका लागि जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा त्रिलोकचन्द्र अग्रवाल, तुलसीराम अग्रवाल, लोकमान्य गोल्छा, रामचन्द्र संघई, राजेन्द्र अर्याल, वीरेन्द्रकुमार संघई र विनोदकुमार प्याकुरेल सदस्य रहेको सञ्चालक समिति गठन गरिएको छ भने शसिन जोशी प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत