अशोक राईका महासचिवले एमाओवादी छिर्न खुट्टा उचालेपछि…

१९ असार २०७०, बुधबार ०७:२५ मा प्रकाशित

काठमाडौं, १९ असार । एमालेको उपाध्यक्ष पद छाडेर आफ्नो अध्यक्षतामा संघीय समाजवादी पार्टी नामक जातीय पार्टी गठन गरेका अशोक राईलाई दल खोल्ने बेलामा उनका अत्यन्त निकट रही उक्साउने काम गरेका महासचिव राजेन्द्र श्रेष्ठले नै घात गर्ने अवस्था आएको बुझिएको छ । सो पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भित्रभित्रै एनेकपा माओवादीमा प्रवेश गर्न वार्ता चलाएपछि भर्खरै गठन भएको जातीय पार्टी संकटमा परेको हो। रोजेन्द्र श्रेष्ठको यस तयारीले राईको पार्टीमा खैलाबैला मच्चिएको सुत्रको दाबी छ। 
यो खैलाबैलासँगै एमालेबाट सामूहिक विद्रोह गराउने क्रममा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले अशोक राईको टिमलाई ३ करोड रुपैयाँ नगद दिएको खुलासा पनि भएको छ। प्रचण्डबाट पैसा लिएर एमाले फुटाउने कि जातीय मुद्दा बोकेर अलग हुने विषयमै विवाद हुँदा पूर्व एमाले सभासद एवं आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा लगायतले अशोक राईलाई छाडेका थिए।
प्रचण्डले कुनै माध्यममार्फत् पैसा दिन लागेको र त्यही पैसाले एमाले फुटाउने खेल भएको थाहा पाएरै त्यस बेला अशोक राईभन्दा चर्को स्वर उरालेर हिंडेका पृथ्वीसुब्बा गुरुङहरु पनि व्याक भएको चर्चा यतिबेला चल्न थालेको छ । पासाङले जनजाति आन्दोलनका केही अगुवाहरुसँगको अनौपचारिक छलफलमा प्रचण्डबाट राजेन्द्र श्रेष्ठहरुले अशोक राईको अनुमतिमा पैसा लिएको आफ्नै आँखाले देखेपछि अशोकप्रतिको भरोसा टुटेको बताएका थिए। आफूहरुको उद्देश्य एमाले फुटाउने वा सिध्याउने नभएको र एमाओवादीको गोटी बन्ने त झनै नभएको, तर अशोक राई र राजेन्द्र श्रेष्ठहरुले प्रचण्डको पैसा लिएर एमाले फुटाउने र प्रचण्डको डमी पार्टी बनाउने खेल खेलेको बुझेपछि बाध्य भएर सामाजिक लोकतान्त्रिक पार्टी बनाउनुपरेको पासाङले बताउने गरेको राईनिकट एक नेताले बताए ।
उता, संघीय समाजवादी पार्टी खोल्ने बेलामा आफूले नै पहल गरेर प्रचण्डमार्फत् अशोक राईहरुलाई ३ करोड रुपैयाँ दिलाएको एमाओवादीका नेता गोपाल किराँतीले पनि स्वीकार गरेका छन्। केही समयअघि भोजपूर पुगेका बेला उनले त्यहाँका जनजाति पत्रकारहरुसँगको अनौपचारिक छलफलमा अशोकहरुले चार करोड मागे पनि ३ करोड रुपैयाँ मात्र दिलाउन सकिएको बताएका थिए।
यसैबीच महासचिव राजेन्द्र श्रेष्ठले एमाओवादीका नेताहरुसँग भित्रभित्रै वार्ता चलाएका बुझिएको छ । राजेन्द्र श्रेष्ठ, रिजवान अन्सारी, अजम्बर राई लगायतका नेताहरु एमाओवादीतिर प्रवेश गर्न लागेको हल्लाले विस्तारै व्यापकता लिन थालेको छ । एमालेबाट अलग गर्ने बेलामा माओवादी नेताहरुले अशोक राईलाई उपाध्यक्ष बनाउने आश्वासन दिएका थिए। तर अहिले त्यो अवस्था पनि नरहेको बताइन्छ। पार्टीले प्रत्यक्षमा एक सिट पनि नजित्ने र समानुपातिकमा पनि आशातित उपलव्धी पाउने अवस्था नदेखिएपछि त्यस पार्टीभित्र चुनाब बहिस्कार गर्नुपर्ने आवाज पनि बलियो हुन थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४