नेपालमा निर्वाचन हुन नसके दक्षिण एशियाको क्षत्रिय शुरक्षामा समेत प्रभाव पर्नेछ: काँग्रेस सभापती कोइराला

१९ असार २०७०, बुधबार ०४:४८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १९ असार । काँग्रेस सभापती सुशील कोइरालाले दुवै माओवादी निर्वाचन भाड्ने  खेलमा लागेको आशंका व्यक्त गर्नु भएको छ । स्वास्थ्य उपचारको क्रममा अमेरिका भ्रमणमा रहनु भएका काँग्रेस सभापती कोइरालाले माओवादी बिभाजन पनि लोकतन्त्र समाप्त पार्ने योजना अनुरुप निर्वाचन भाड्नका लागित भएको थिएन भन्दै यस्तो आशंका व्यक्त गर्नु भएको हो । काँग्रेस सभापती कोइरालाले मित्रराष्ट्रहरु प्रति लक्षित हुदै भन्नु भयो, ‘घोषित मितिमा निर्वाचन नहुनु भनेको दक्षिण एशियाको क्षत्रिय शुरक्षाको लागि समेत चिन्ताको बिषय हुनेछ ।’ बिद्रोही माओवादीलाई मुलधारको राजनीतिमा ल्याउन लोकतान्त्रिक शक्तिहरुले ठुलो त्याग गरेको स्मरण गर्दै कोइरालाले भन्नु भयो, ‘बैद्य माओवादीले निर्वाचन बहिष्कार गर्ने औपचारिक घोषणा गर्नुले उनीहरुको बिभाजन निर्वाचन भाड्नका लागि नियोजित थियोकि अब शंका गर्ने आधार बढेको छ ।’ दक्षिणको छिमेकी प्रति लक्षित हुदै सभापती कोइरालाले भन्नु भयो, ‘यता बैद्य माओवादीले निर्वाचन बहिष्कार गर्ने र बिद्रोह गर्ने उता भारतीय माओवादीले ससश्त्र आक्रमणको सृंखला तिब्र पार्नुमा कहीं, कतै र कसैको स्वार्थ लुकेकोत छैन ? सवैले सचेत हुने बेला आएको बताउनु भयो ।’ संवाद जारी रहेको बेला बैद्य माओवादीले निर्वाचन बहिष्कार गर्ने औपचारिक घोषणा गर्नु र एमाओवादी अन्योलग्रस्त देखिनुले घोषित मितिको निर्वाचनलाई प्रभाव परिरहेको बताउदै काँग्रेस सभापती कोइरालाले भन्नु भयो, ‘घोषित मितिमा निर्वाचन गर्न नसकिए नेपालको लोकतन्त्र मात्र होइन दक्षिण एशियाको क्षत्रिय सुरक्षाको लागि समेत खतरा उत्पन्न हुनेछ ।’ कोइरालाले मित्र राष्ट्रहरुलाई आग्रह गर्दै भन्नु भयो, ‘निर्वाचनको पक्षमा, लोकतन्त्रको पक्षमा तपाइहरुको सहयोग आवश्यक छ, चलखेल र नेपालको आन्तरिक राजनीति र लोकतन्त्रको आधार भत्काउन होइन ।’ पार्टी सुध्रिढ़ हुन नस्कनुमा पार्टीका अर्का प्रभावशाली नेता शेर बहादुर देउवाको असहयोगनै मुख्य कारण भएको दावी गर्दै सभापती कोइरालाले आफुले पार्टी एकताको लागि हदै सम्म देखाएको लचकतालाई शेर बहादुर देउवाले दुरुपयोग गरेको आरोप समेत लगाउनु भयो ।’ कोइरालाले अमेरिकामा रहेका लोकतन्त्रवादीहरुलाई अपिल गर्दै भन्नु भयो, ‘मातृभूमिको लोकतन्त्र रक्षामा तपाइहरुको चासो र चिन्ता मात्रै होइन सुभेक्षा समेत जरुरी छ ।’ बिहिबार जुलाई ३ तारिख देखि सुरु हुने नेपालिज इन अमेरिका एनएको न्युयोर्क सम्मेलन उद्घाटन र अमेरिकामा रहेका लोकतन्त्रवादीहरुको भेटघाट लगत्तै स्वास्थ्य उपचारको क्रममा अमेरिका भ्रमणमा रहनु भएका काँग्रेस सभापती सुशील कोइराला निर्वाचनको तयारीका लागि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।