चुनाव बहिष्कार र जसरी पनि बिथोल्ने निर्णय गर्दै सकियो माओवादीको पोखरा-बैठक

१८ असार २०७०, मंगलवार २२:२८ मा प्रकाशित

काठमाडौं, १८ असार । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादकिो गत शनिवारदेखि पोखरामा सुरु केन्द्रिय समितिको पूर्ण बैठक संविधानसभाको निर्वाचन देशलाई प्रतिक्रान्तिमा लैजाने षड्यन्त्र रहेको ठहर गर्दै कुनै पनि हालतमा निर्वाचनमा नजाने र आफ्ना अनेक शक्ति प्रयोग गरी बिथोल्ने निर्णयका साथ मंगलबार समापन गरिएको छ । बैठकमा माओवादी अध्यक्ष मोहन बैद्यले निर्वाचन देशलाई प्रतिक्रान्तिमा लैजाने षड्यन्त्र रहेको दाबी गरेका थिए । बैठकमा अध्यक्ष मोहन बैद्यले राजनीतिक प्रस्ताव पेस गरेका थिए भने महासचिव रामबहादुर थापाले संगठन र संघर्ष प्रस्ताव प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा बोल्ने सबै वक्ताले अध्यक्ष र महासचिवका प्रस्तावमा समर्थन जनाएका थिए ।
माओवादीले निर्वाचन बहिष्कार मात्र नगरी निर्वाचन नै हुन नदिन पार्टीको सबै शक्ति परिचालन गर्ने र सशक्त प्रतिकारमा उत्रने जनाएको छ । चार राजनैतिक दल र सरकारले पेलेर अघि बढे सडक आन्दोलनमार्फत संविधान लेख्ने र आफ्नै सरकार बनाउने चेतावनी समेत सो पार्टीले बैठक समाप्तिपछि जनाएको छ ।
बैठकमा ५ पदाधिकारीसहित १ सय २२ जना केन्द्रीय सदस्य तथा सल्लाहकारले दुवै प्रतिवेदनमाथि बोलेका थिए । त्यसक्रममा प्रतिवेदनले उठाएका बिषयको स्पष्टता, ब्याख्या, समावेश, हटाउनुपर्ने, परिमार्जन तथा सुझावजस्ता बक्ताले उठाएका जिज्ञासामा अध्यक्ष र महासचिव दुबैले प्रत्युत्तर दिएका थिए ।
सो पार्टीकी प्रवक्ता पम्फा भुसालका अनुसार एक बर्षयता पार्टीले गरेको कामको समिक्षा, बिगतको आन्दोलनको समिक्षा तथा चैत १ यता विकसित राजनैतिक घटनाक्रमको विश्लेषण पनि माओवादी बैठकमा भएको छ । निर्वाचन बहिष्कार गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई कसरी तिब्रता दिने भन्ने प्रतिवेदनको आधारमा संश्लेशण गरिएको उनले बताइन् । चुनाव बहिष्कार गर्दै देशभक्त, राष्ट्रवादी, बामपन्थी तथा गणतन्त्रबादीसंग मिलेर अघि बढ्ने र त्यसकालागि संगठनको कार्यबिभाजन, कार्यबिन्यास र संघर्षका स्वरुप र कार्यक्रम तय गर्ने बिषयमा छलफल भएको उनले प्रस्ट्याइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४