किरणजीको दरबारीयासंग साँठगाँठ छः मन्त्री रायामाझी

२७ चैत्र २०६८, सोमबार १८:३९ मा प्रकाशित

काठमाडौं, २७ चैत । मन्त्री एबं माओबादी स्थायी समिति सदस्य टोपबहादुर रायामाझीले जातीय आधारमा संघियता असंभव रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री रायामाझीले माओबादी जातिय आधारमा संघियता हुनुपर्छ भन्ने पक्षमा नरहेको बताएका हुन् । उनले भने ‘जातिय आधारमा संघियता बनाए सांप्रदायिक सद्भाव भड्कन सक्ने खतरा हुन्छ र देशको अखण्डतामा आँच आउन सक्छ ।’ उनले मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, अध्यक्ष कमल थापा र आफ्नै पार्टीका उपाध्यक्ष मोहन बैद्य किरणको सम्बन्ध दरबारीयासंग रहेको आरोप समेत लगाए। ‘मोहन बिक्रम सिंह, कमल थापा र किरणजीहरुको ट्रेण्ड दरबारीयासंग मिल्छ,’ रायामाझीले भने ‘उनीहरुको कदम दरबारिया,प्रतिक्रान्तिकारी, प्रतिक्रियाबादी र घातक छ ।’
मन्त्री रायामाझीले संघियता बिरोधी कित्तमा उभिएका मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, कमल थापा र किरणजीहरुको धार दरबारियासंग मिलिरहेको दाबि गरे । उनले भने ‘संघियताका बिरोधीहरु अहिले जातिय आधारमा राज्य पुनसंरचना गर्नुपर्छ भन्दैछन्, त्यो कदापी पुरा हुँदैन ।’ उनले पछिल्लो समय किरणजीको सम्बन्ध दरबारियाहरुसंग मेल खाएको दलिल समेत प्रस्तुत गरे । ‘किरणजीहरुले बाहिर जे देखाएपनि भित्री रुपमा भने संघियता बिरोधी हुन ।’ सिंह, केसी, थापा र बैद्यजीहरुको जनआन्दोलन, संघियता र शान्ति प्रक्रियामा कुनैं भूमिका र योगदान नैं नरहेको बताए । ‘ एक साता भित्र शिबिर खाली हुन्छ, लडाकु सेना मातहत आउँछन र हतियार राज्यले लिन्छ र शान्ति प्रकृया निष्कर्षमा पुग्छ’ उनले भने ‘त्यसपछि डा. बाबुराम भट्टराईकै नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस र एमाले पनि आउछन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले