‘गोलमेचले समाधान नदिए पनि माओवादीको मन राख्न कांग्रेस तयार’

१८ असार २०७०, मंगलवार २०:२६ मा प्रकाशित

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गोलमेच सम्मेलनबाट निकास ननिस्कने भए पनि नेकपा–माओवादीले ढिपी गरिरहन्छ भने त्यसका लागि नेपाली कांग्रेस तयार रहेको जनाएका छन् । गोलमेच सम्मेलनमा पनि सबैले आआफ्नो अडान कायमै राख्ने भएकोले त्यसबाट निकास ननिस्कने दाबी गर्दै तथापि माओवादीको मन राख्न गोलमेच सम्मेलनका लागि कांग्रेस तत्पर हुने बताए । 
गिरिजाप्रसाद कोईरालाको ९० औं जन्मजयन्तीका अवसरमा मंगलबार तनहुँको बेलचौतारामा आयोजित कार्यक्रममा मनतव्य दिँदै उपसभापति पौडेलले पोखरामा जारी केन्द्रिय समितिको बैठकबाट चारदलसँग वार्ताका लागि म्यान्डेट लिन पार्टी अध्यक्ष मोहन वैद्यलाई आग्रह गरे । उनले त्यसपछि हुने वार्तामा माओवादीलाई सजिलो हुने गरी सहमति गर्न आफुहरु तयार रहेको बताए ।
सहमति गर्ने नाममा बिगतमा भएको २५ वा ११ बुँदे खारेजीको माग गर्नु समस्या समाधान भन्दा बिगार्ने प्रयास भएको दाबी गर्दै अन्य विकल्पका लागि सबै दल तयार रहेको समेत पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस