सशस्त्र समूह सदभावनामा बिलय

१८ असार २०७०, मंगलवार १८:५५ मा प्रकाशित

काठमाडौ, १८ असार । बढ्दो चुनावी सरगर्मीसँगै दलहरुबीच एकीकरण तथा नेता कार्यकर्ताको एकबाट अर्को दलमा प्रवेशको लहर पनि उत्तिकै चलेको छ । यसै क्रममा तराईमा सशस्त्र रुपमा आन्दोलनरत समूहमध्येको एक ‘संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा’ सदभावना पार्टीमा विलय भएको छ । 
राजधानीमा मंगलवार आयोजित पार्टी एकता कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको सद्‍भावना र मोर्चावीच एकीकरण भएको घोषणा गरियो । मोर्चाका संरक्षक कौटिल्य शर्मा भनेर चिनिने सञ्जय गुप्ताले आफू नेतृत्वको मोर्चा र सदभावनावीच एकीकरण भएको बताए । एकीकरणको पत्रमा महतोसहित संरक्षक गुप्ता र केन्द्रीय संयोजक राजगुरु उपनामका रविदत्त मिश्रले हस्ताक्षर गरेका छन् । शान्तिपूर्ण संघर्षका माध्यमबाट लक्ष्यप्राप्तिका लागि एक अर्काको वैचारिक सैद्दान्तिक र संगठनात्मक सहअस्तित्वलाई सम्मान गर्दै एकीकृत भई संघर्षरत रहने एकीकरण पत्रमा उल्लेख गरिएको छ । एकीकरणलगत्तै सद्भावनाले कौटिल्य शर्मालाई ‘मधेश रक्षा बाहिनी’को संयोजक र मिश्रलगायत ५ जनालाई केन्द्रीय समितिमा लगेको छ ।
अध्यक्ष महतोले सशस्त्र पार्टीलाई शान्ति प्रक्रियामा भित्र्याउन आफू सक्रिय भएर लागेको बताए भने गुप्ताले अब आफूहरु शान्ति प्रक्रियामा आएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९