कावुलमा तालिवानी हमला, सातको मृत्यु चार घाइते

१८ असार २०७०, मंगलवार १८:३१ मा प्रकाशित

एजेन्सी ।  अफगानिस्तानको राजधानी काबुलमा नेटोसैनिकका लागि आवश्यक साधन आपूर्ति गर्ने एक कम्पनीमा भएको आत्मघाती आक्रमणमा परी सात व्यक्तिको ज्यान गएको छ । उक्त कम्पनीमा सुरक्षा गार्डका रुपमा नेपालीहरु पनि कार्यरत रहेका बताइन्छ । 

बम आक्रमणमा परी तीन अफगानी नागरिक र चार अन्य मारिएका छन् । आक्रमणमा चार व्यक्ति सख्त रुपमा घाइते भएका छन् । आत्मघाती बम आक्रमणका साथै गोली प्रहारसमेत गरिएको आक्रमणमा चार सुरक्षा गार्ड, एक अफगानी गार्ड र दुई अफगान नागरिकको मृत्यु भएको काबुल प्रहरी प्रमुख मोहमद अयुब सलाङ्गीले एएफपी समाचार समितिलाईजानकारी गराएको समाचारमा उल्लेख छ । आक्रमणको क्रममा नेटो सैनिकको लागि सरसामान आपूर्ति गर्ने उक्त कम्पनीको प्रवेशद्वार ध्वस्त भएको जनाइएको छ ।
मंगलबार बिहानै भएको आक्रमणको घटनामा सुरुमा नेपालीहरुसमेत मारिएका समाचार सार्वजिनिक गरिए पनि त्यसको पुष्टि हुन सकेन ।
यसअघि बारम्बार अफगान र नेटो सैनिकलाई लक्ष्य गरी आक्रमण गर्दै आएका तालिवान आतङ्ककारीकै हात रहेको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ । अफगानिस्तानमा तालिवान आतङ्ककारीसँग युद्दरत नेटोसँग आवद्ध करिब एकलाख सैनिक सन् २०१४ को अन्त्यसम्म फर्किसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् । यसपछि अफगान सुरक्षाबलले नै सुरक्षाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने बताइएको छ । यतिबेला अमेरिकाले तालिवानसँग शान्तिवार्ताको लागि प्रयाससमेत गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९