नेपालको राजनीतिक प्रक्रियामा युएनले सघाउने

१८ असार २०७०, मंगलवार १७:५० मा प्रकाशित

काठमाडौं, १८ असार । संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय एवम् प्रजातान्त्रिक रूपमा हुनुपर्नेमा जोड दिँदै नेपालको राजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग गएराति जेनेभामा भएको भेटवार्तामा महासचिव वानले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकहरूको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै सहश्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक समितिको उच्चस्तरीय बैठकमा भाग लिने क्रममा मन्त्री घिमिरे हाल जेनेभामा छन्।
दिगो राजनीतिक स्थायित्वले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्दै उनले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाले पुर्‍याएको योगदानको स्मरण गरेका थिए। ‘नेपाली शान्ति सेनाको बलिदान त्यसै खेर जाँदैनु, उनले भने।
त्यस अवसरमा मन्त्री घिमिरेले संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै अन्तरिम मन्त्रिपरिषद् गठन तथा संविधानसभा निर्वाचनको मिति घोषणाप्रति राष्ट्रसङ्घले गरेको स्वागतको नेपाल सरकारको तर्फबाट आभार व्यक्त गरेका थिए । नेपालको वर्तमान राजनीतिक अवस्था, शान्ति प्रक्रियामा भएको प्रगति तथा मङ्सिर ४ गते संविधानसभाको निर्वाचन गर्न सरकारले थालेको तयारीबारे जानकारी दिँदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसङ्घ तथा महासचिवबाट सहयोग एवम् ऐक्यबद्धताको अपेक्षा नेपालले गरेको बताए। सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै मन्त्री घिमिरेले स्वतन्त्र, निष्पक्ष निर्वाचनका निम्ति सरकार लागिपरेको जानकारी दिए। जेनेभास्थित नेपाली नियोगका अनुसार मन्त्री घिमिरेले लुम्बिनीको बृहत्तर विकास, बदलिदो विश्व परिवेशमा औपचारिक विकास सहायताको वृद्धि, इस्तानबुल कार्ययोजनाका लक्ष्य र उद्देश्य कार्यान्वयन, जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्नेलगायत विषयमा महासचिव वानको ध्यानाकर्षण गराएका थिए। – रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा