मंसिरमा निर्वाचन हुनेमा प्रचण्ड विश्वस्त

१८ असार २०७०, मंगलवार १७:४० मा प्रकाशित

रासस, काठमाडौ, १८ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मङ्सिर ४ गते निर्वाचन भएरै छाड्ने बताएका छन् । नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीसँग आज बिहान लाजिम्पाटस्थित आफ्नै निवासमा भएको भेटमा उनले असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा सामेल गराउन सरकार र उच्चस्तरीय राजनीतिक समिति लागिपरेको जानकारी दिए ।
राजदूत ताकाहासीले निर्वाचनको तयारीबारे राखेको जिज्ञासामा अध्यक्ष दाहालले जस्तोसुकै परिस्थितिमा चुनाव गराउन आफूहरू दृढ भएर लागेको जानकारी दिनुभएको उहाँका सहयोगी शिव खकुरेलले बताए ।
राजदूत ताकाहासीले स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहाललाई उद्धृत गर्दै खकुरेलले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस