भारतमाथि निर्भर अर्थतन्त्रबाट मुक्ति दिलाउने बजेट आवश्यक : अर्थविद् सैँजु

१७ असार २०७०, सोमबार २२:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १७ असार । राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा.मोहनमान सैंजुले आगामी बजेट अन्तरिम संविधानले परिकल्पना गरेको आर्थिक नीतिमा आधारित रहेर ल्याउनु पर्ने सुझाव दिएका छन् । उनले यसअघिका सरकारले अन्तरिम संविधानले परिकल्पना गरेको आर्थिक नितीका आधारमा भन्दा पनि राजनीतिक लोकप्रियताको आधारमा बजेट ल्याउने गरेका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको बिचार ब्यक्त गरे ।
बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै सैजुले ०६२/०६३ को आन्दोलन पश्चात मुलुकले जुन किसिमको आर्थिक नीति अवलम्बन गर्नुपर्ने हो त्यसतर्फ राजनीतिक दलहरुको ध्यान पुग्न नसक्दा मुलुकले आर्थिक अवस्था झन् पछि झन् कमजोर बन्दै गएको दाबी गरे । अर्थशास्त्री सैजुले वर्तमान सरकारले पर्याप्त गृहकार्य नगरीकनै आगामी आर्थिक बर्षको बजेट ल्याउन लागेको आरोपसमेत लगाए । लामो समयपछि सरकारले पुर्ण बजेट ल्याउन लागेको कुरा सकारात्मक भए पनि
सरकारले यसअघिका राष्ट्रीय योजना आयोगका अपाध्यक्षहरु तथा स्वतन्त्र अर्थविदहरुको दक्षता र विज्ञतालाई उपेक्षा गरेको गुनासो समेत गरे ।
उनले आगामि बर्षको बजेटबारे पुर्वअर्थमन्त्रिहरुसँग परामर्श गरेको कुरा सञ्चार माध्यममार्फत थाहा पाए पनि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा स्वतन्त्र अर्थशास्त्रीहरुसँग परामर्श नलिएको बताए । मुलुकको समग्र आर्थिक बिकासका लागि उपयोगी हुनसक्ने स्वतन्त्र अर्थबिदहरुका राय सुझाबहरुलाई सरकारले बेवास्ता गरेको उनको भनाई थियो । उनले एक कप चियाको भरमा प्राप्त हुने राय सुझाब समेत सरकारले लिन नखोजेको भनी व्यंग्य गरे ।
आगामि बजेट आयात बिस्थापन र उत्पादनमुखि हुनु पर्ने कुरामा जोड दिँदै अर्थशास्त्री सैंजुले पछिल्लो समयमा मुलुकको अर्थतन्त्र भारतप्रति परनिर्भर हुँदै गएकोले भारतमाथिको परनिर्भरता कम गर्नका लागि आयात प्रतिस्थापन र निर्यात प्रबद्र्घनमा जोड दिए । उनले भारत लगायत अन्य मुलुकसँगको ब्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यातमुखी आर्थिक निती अबलम्बन गर्नु पर्ने सुझाब दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा