मन्त्रिमण्डलको आकार ४९ सदस्यीय;यादव र अहमद दुई नयाँ मन्त्री थपिए

२७ चैत्र २०६८, सोमबार १८:३३ मा प्रकाशित

काठमाडौं, २७ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादवलाइ सूचना तथा सञ्चार मन्त्री र इकवाल अहमदलाई कृषि तथा सहकारी मन्त्रीमा सपथ खुवाएका छन् । । आन्तरिक बिवादमा रहेको फोरम गणतान्त्रिककले दुई मन्त्रीलाई सिफारीस गरेपछि प्रधानमन्त्री भट्टराईले राष्ट्रपति रामवरण यादवको उपस्थितीमा राजकिशोर यादवलाई सूचना तथा सञ्चार मन्त्री र इकवाल अहमदलाई कृषि तथा सहकारी मन्त्रीमा सपथ दिलाउनु भएको हो । सञ्चारमन्त्रीमा सपथ लिएका यादव फोरम गणतान्त्रिकका कार्यबहाक अध्यक्ष हुन् । मन्त्री भएका यादव र अहमद दुबै सभासद समेत हुन् । यस अघिका मन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारको अभियोगमा सजाय पाएर जेल चलान भएपछि सञ्चारमन्त्रालय रिक्त रहेको थियो भने कृषि मन्त्री नन्दनकुमार दत्तलाई भने पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्रीले पदबाट बर्खास्त गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार