केटी बेच्नेको पक्षमा नुवाकोटमा चक्काजाम

१७ असार २०७०, सोमबार २२:२५ मा प्रकाशित

काठमाडौं, १७ असार । रक्तचन्दन तस्करीको अभियोगमा एमाओवादी रसुवा जिल्ला सचिवलाई प्रहरीले हिरासतमा लिएको तीन दिनपछि सोमबार आफ्ना कार्यकर्तालाई चेलीबेटी बेचविखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको भन्दै एमाओवादी नुवाकोटले दुई घण्टा चक्काजाम गरेको छ ।
एक वर्षअघि नुवाकोटकै एक युवतीलाई ललाईफकाई भारतमा बिक्रि गर्ने अभियोग लागेका नुवाकोटको सुन्दरादेवीका माओवादी पार्टी गाउँ सचिव विविलाल तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । तामाङलाई छुटाउन एमाओवादीले नुवाकोटमा चक्काजाम गरेको हो । जबकि, भारतमा बेचिएकी किशोरीको बावुले दिएको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले तामाङलाई पक्राउ गरेको थियो।
आफ्ना कार्यकर्तालाई अनाहकमा फसाएको भन्दै एमाओवादी पूर्वसभासद बिमला सुवेदीले चक्काजामको नेतृत्व गरेकी थिइन् ।  उनी नेकपा एमाओवादी नुवाकोटका जिल्ला संयोजक पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट