‘कर्मचारीको तलबभत्तामाथि पुनरावलोकन गरिने, धम्कीको भरमा तलब नबढ्ने’

१७ असार २०७०, सोमबार २१:५६ मा प्रकाशित

काठमाडौं, १७ असार । निजामती कर्मचारीका आठ वटा ट्रेड युनियनले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई तलब बढाउनका लागि ज्ञापनपत्र दिएका छन् । ७ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियन प्रतिनिधिहरुले आफूले खाईपाई आएको तलबमा न्यूनतम १० हजार तलब बढाउन माग गरेका छन्। उनीहरुले सबै निजामती कर्मचारीको १० लाख बराबरको दुर्घटना बिमा, पोसाक भत्ता १५ हजार उपलब्ध गराउन र कर्मचारी अवकास हुँदा पेन्सनमा कर छुटको व्यवस्था गर्न आग्रह गरेका छन्।
कर्मचारीका मागप्रति अर्थमन्त्री कोइरालाले आफू सकारात्मक रहेको बताए, तर आन्दोलनको धम्कीका भरमा सरकारले तलब नबढाउने उनले प्रस्ट्याए । तलब भत्ताको विषयमा पुनरावलोकन समिति र उपसमितिले आफ्नो काम गरिरहेको र समितिले दिएको प्रतिवेदनका आधारमा बजेटमा तलबभत्ता उल्लेख हुने जानकारी दिए।
ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी संघका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

आजको प्रमुख समाचार