गच्छदार भन्छन्- ‘एक मधेस एक प्रदेश निर्माण हुन सक्दैन’

१७ असार २०७०, सोमबार १७:०७ मा प्रकाशित

रासस, विराटनगर, १७ असार । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिक पार्टीको नामबाट ७५ जिल्लाबाट उम्मेदवार दिइने बताएका छन्। टेलिभिजन पत्रकार समूह विराटनगरद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी मङ्सिर ४ गते संविधानसभा निर्वाचन जसरी पनि हुन्छ, त्यसको कुनै विकल्प नभएको बताए। 
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गच्छदारले संविधानसभाको निर्वाचनबाट जनताले पाएको राजनीतिक अधिकार र लोकतन्त्रलाई संस्थागत गर्न सकिने भएकाले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए। असन्तुष्ट ३३ राजनीतिक दललाई निर्वाचनमा सहभागी बनाउन नागरिक समाज र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने गच्छदारको भनाई थियो।
पूर्वउपप्रधानमन्त्री समेत रहेका लामो द्वन्द्वपछि देशमा शान्तिप्रक्रिया पूरा भएको स्मरण गराउँदै नेकपा–माओवादीले जनयुद्धमा जाने कुरा गर्नु जनतालाई धोका दिनु मात्र हो भने। उनले प्रमुख निर्वाचन आयुक्तबाट स्थानीय निर्वाचन चैतमा गर्ने कुरा आएको बताए। उनले वर्तमान सरकार संविधान सभाको निर्वाचन गर्न निर्माण भएको हो भन्दै सरकारको निर्वाचन गर्ने वचनबद्धताप्रति कुनै शङ्का नगर्न सबैसँग आग्रह गरे।
अध्यक्ष गच्छदारले नेपालको भौगोलिक हिसाबले तराईमा एक मधेस एक प्रदेश निर्माण हुन नसक्ने बताउँदै चितवन पश्चिम थरुहट र पर्सा पूर्व मधेस प्रदेश निर्माण हुन सक्ने तर्क प्रस्तुत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र