विभिन्न दलका पचास कार्यकर्ता कांग्रेसमा

१७ असार २०७०, सोमबार १७:०० मा प्रकाशित

काठमाडौं, १७ असार । एमाओवादीका अध्यक्ष प्रचण्डले रेग्मी सरकारलाई हटाएर आफैं प्रधानमन्त्री बन्ने भित्री चलखेल गरिरहेका र प्रमुख राजनीतिक दलहरु पनि रेग्मी सरकारसँग असन्तुष्ट बन्न थालेका चर्चाले व्यापकता पाउँदै गएको परिवेशमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेकै सरकारलाई चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्नुपर्ने बताएका छन् । सोमबार देउवा निवास बुढानीलकण्ठमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अर्को सरकार बनाएर संविधानसभाको चुनाव गर्न सक्ने समय नभएकाले अहिलेकै सरकारलाई चुनाव सम्पन्न गर्ने वातावरण तयार गरिदिनुपर्ने उल्लेख गरे । संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्ने भन्दै उनले चुनावको विरुद्धमा रहेका आन्दोलनरत राजनीतिक दलका कुरा सुनेर उनीहरुलाई पनि चुनावमा सहभागी गराइनुपर्ने बताए ।
बैतडी–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित सो कार्यक्रममा बैतडी, कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । देउवाले उनीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको