बाबुराम साविकको पदमा फर्किने सापकोटाको दाबी

१७ असार २०७०, सोमबार १६:४८ मा प्रकाशित

काठमाडौं, १७ असार । डा. बाबुराम भट्टराईको राजीनामा प्रकरणले यतिबेला एमाओवादीभित्र भूकम्प ल्याइदिएको छ । भट्टराईको राजीनामाले बहसको रुप धारण गरेपछि चालु केन्द्रीय समिति बैठक नै स्थगित हुन पुग्यो भने अब उनको निर्णय फिर्ता गराउनकै लागि सो पार्टीले विस्तारित बैठक आयोजना गर्ने भएको छ । आगामी साउन ४ गते हुने विस्तारित बैठकमा बाबुराम भट्टराईले राजीनामाको निर्णय फिर्ता लिने दाबी सो पार्टीका प्रवक्ता अग्नि सापकोले गरेका छन् । यसबीच बाबुरामले अर्को पार्टी गठन गर्ने भन्नेसम्मका हल्ला फैलिएको छ ।
राजधानीमा सोमबार आयोजित एक अन्तरक्रियामा सापकोटाले विस्तारित बैठकपछि पद त्यागको घोषणा गरेका बाबुराम भट्टराई उपाध्यक्ष पदमै फर्कने बताउँदै भने, “ उहाँले अर्को पार्टी पनि खोल्नुहुन्न, पार्टी पनि छाड्नु हुन्न । विस्तारित बैठकबाट उपाध्यक्षमा फर्कनुहुन्छ ।” सापकोटाले कम्यूनिष्ट पार्टीभित्र सधै एकैजनाले नेतृत्व गरिरहने अवस्था नहुने भएकोले त्यसलाई स्थापित गराउन उपाध्यक्ष भट्टराईले पदत्यागको घोषणा गरेको प्रस्ट्याए । अहिले नै सिनियर नेताहरुले पद छाडिहाल्नु पर्ने बेलान भएको तर अब तयारी गर्दै जानुपर्ने उनको कथन छ ।
विस्तारित बैठकले अध्यक्षको सांगठनिक प्रतिवेदन, संगठन सम्बन्धी नियमावली, पदविभाजन, कार्य विभाजन र भट्टराईको त्यागपत्रको समिक्षा र निर्वाचन अभियान सम्बन्धी रणनीति बनाउने जानकारी दिदै त्यसपछि एक भएर एमाओवादी चुनावमा होमिने सापकोटाको भनाई थियो ।
नेकपा–माओवादीले राखेको गोलमेच सम्मेलनको माग पुरानो भएको भन्दै उनले पोखरामा जारी केन्द्रीय समितिको विस्तारित बैठकले चुनाव बहिस्कारको निर्णय गरे ऊ आफैं राजनीतिक घेराबाट बाहिरिने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा