डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएपछि…

१७ असार २०७०, सोमबार १६:४६ मा प्रकाशित

काठमाडौं, १७ असार । डाक्टरको चरम लापरवाहीका कारण महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । बर्दिवास ३ का ३५ बर्षीय मैते बिश्वकर्माको उपचार अभावमा मृत्यु भएको हो । आईतबार साँझ पेट दुख्ने र बान्ताहुने समस्या भएपछि उपचारका लागी अस्पताल पुगेको बिश्वकर्माको उपचार अभाबमा मृत्यु भएको आफन्त बिष्णु बिश्वकर्माले बताए । बिरामीको उपचारमा संलग्न डाक्टर सुशील साहले उपचारमा लापरवाही गरेको पीडित पक्षको दाबी छ । बर्दिवास अस्पतालमा डाक्टरहरु नबस्ने गरेको कारण यस्ता घटनाहरु पटक पटक दोहोरीने गरेका छन् । यता अस्पतालमा नियमित रुपमा कुनै पनी डाक्टर नबस्ने गरेको स्थानीय बताउँछन् ।
बिरामीको मृत्युपश्चात आक्रोशित आफन्त र स्थानीयबासीले अस्पतालमा तोडफोड समेत गरेका छन् । दोषी डाक्टरलाई कारबाही गर्न माग गर्दै आफन्त र स्थानीयबासीहरुले तोडफोड गर्दै नाराबाजी समेत गरेका थिए । तोडफोड पछी अस्पताल केही बेर तनाब ग्रस्त बनेको थियो । बिरामीको मृत्यु पश्चात अस्पताल प्रशासनले घटनाको ढाकछोप गर्न र संचारमाध्यममा खबर नदिन भन्दै पिडीतलाई १२ हजार दिएको पनि बुझिएको छ ।
प्रहरीले घटनाको बिषयमा पछी छलफल गराउने भन्दै क्षतीपुर्ती दिलाउन पहल गर्ने आश्वासन दिएर शव आफन्तको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड