पदत्यागको निर्णय फिर्ता लिन भट्टराईलाई आग्रह

१६ असार २०७०, आईतवार १७:२५ मा प्रकाशित

काठमाडौं, १६ असार । उपाध्यक्ष पद परित्यागको घोषणा गरेका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई आइतबारको पदाधिकारी बैठकले निर्णय फिर्ता लिन आग्रह गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको एमाओवादी पदाधिकारी बैठकले उपाध्यक्ष बाबुराम भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको हो ।भट्टराईले पार्टीमा पदका आकांक्षी बढेको भन्दै शनिबार केन्द्रीय समितिको बैठकमा पदत्यागको घोषणा गरेका थिए ।
यसैगरी बैठकमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गरिएको साङ्गठनिक प्रस्तावको सन्दर्भमा पार्टीका नेताहरुले प्रस्तुत गरेको विचार तथा सुझावलाई समेटेर अगाडि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा विवाद भएपछि केन्द्रीय समितिको बैठक लम्बिँदै गएको छ । साङ्गठनिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा ९ सदस्यीय पार्टी पदाधिकारी, ७ जना वैकल्पिकसहित २५ सदस्यीय स्थायी समिति, १४ वैकल्पिकसहित ५१ सदस्यीय पोलिटब्युरो र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र