शिक्षक माग्न कोल्कीका अभिभावकहरु सदरमुकाममा, जिशिका भने बेखबर

१६ असार २०७०, आईतवार १६:३७ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १६ असार । चार महिनादेखि शिक्षक अभावमा पठनपाठन अबरुद्ध हुँदै आएपछि पूर्वी लमजुङको कोल्की गाउँ विकास समितिका बासिन्दा शिक्षक खोज्न सदरमुकाम झरेका छन् । कोल्कीको हिमालय माध्यमिक विद्यालयमा चार महिनादेखि विभिन्न विषयको शिक्षक
नहुँदा पठनपाठन प्रभावित भएपछि विद्यार्थीहरुले शिक्षक माग्दै ताला लगाएका थिए ।
विद्यार्थीको दवावका विच पठनपाठन हुन नसकेपछि अभिभावक र शिक्षकहरु सदरमुकाम बेसीसहरमा आएका हुन् । अभिभावक र शिक्षक गरि करिब २० जनाको टोलीले शिक्षा कार्यालयमा समस्याबारे जानकारी गराएको थियो । तर,कार्यालयले पुरानै कुरा दोहोराएपछि आफुहरु निरास बनेको अभिभावकहरुले बताएका छन् ।
शिक्षा कार्यालयले दरबन्दी मिलानका क्रममा हिमालय माविका शिक्षक अन्यत्र सरुवा गरेको र अन्य स्थानबाट हिमालय माविका शिक्षक हाजिर हुन नआएपछि चार महिना यता शिक्षक अभाव हुँदै आएको विद्यालयका प्रधानाध्यापक दिपक भट्टले बताए । सधैँ विद्यालय गएपनि अँग्रेजी, सामाजिक, अर्थशास्त्र लगायतका महत्वपुर्ण विषयको पढाई नभएको चार महिना वितिसकेको विद्यार्थीहरुले बताएका छन् । शिक्षक विद्यालयमा नभएकै कारण जिल्ला स्तरिय बार्षिक परिक्षा समेत प्रभावित भएको थियो ।
विद्यालयका शिक्षक हाजिर गराउन नसक्नु शिक्षा कार्यालयको कमजोरी रहेको स्थानिय अभिभावकहरुले बताएका छन् । आफु मातहतमा रहने कर्मचारीलाई खटाउन नसक्ने शिक्षा कार्यालयलाई एक जना शिक्षकले हल्लाउने गरेको र शिक्षा कार्यालयको निति निर्देशन शिक्षकले पालना नगरेर विद्यार्थीको भविष्यमाथी खेलबाड भईरहेको समेत अभिभावकहरुले टिप्पणी गरेका छन् । दरबन्दी मिलानका
क्रममा जनता मावि मोहोरियामा कार्यरत शिक्षक सरस्वती भट्ट उक्त विद्यालयमा सरुवा गरिएको थियो । जनता मावि मोहोरियाकोटलेपनि सरुवा भएको शिक्षकलाई कोल्की पठाउन मानेको छैन ।
कोल्कीका अभिभावकहरुले सरुवा भएका शिक्षक नआउने भए विद्यालयलाई अर्को शिक्षक नियुक्ती गर्न अख्तियार दिन माग गरेको छ । तर, यसमा शिक्षा कार्यालयले स्वीकृति दिएको छैन् । आफैले सरुवा गरेको शिक्षकलाई विद्यालयमा हाजिर गराउन पनि नसक्ने, अनि अर्को शिक्षक राख्न अनुमति पनि दिन नसक्ने शिक्षा कार्यालयको लाचारीपनाले कोल्कीको हिमालय माविमा अध्ययनरत बालबालिकाहरु
मर्कामा परेका छन् ।
जिल्ला शिक्षा कार्यलयले दरवन्दी मिलान प्रक्रियालाई कडाईको साथ लागु गर्न नसक्दा कोल्कीको हिमालयन माबि सँगै जिल्लाका अन्य बिद्यालयहरुको पनि शैक्षिक अवस्था पनि प्रभावित भएको छ । पछिल्लो समय जिल्ला शिक्षा कार्यलयको पहलमा क्षेत्रिय शिक्षा निर्देशनालयले शिक्षक नभएको प्रथमिक बिद्यालयमा करार शिक्षकराख्ने अनुमती दिएको भएपनि हाल सम्म कार्यन्वयन हुन सकेको छैन ।
यसअघि शिक्षक दरवन्दी मिलानको क्रममा शिक्षा विभागको निर्देशिका अनुसार अस्थायी, कनिष्ठ र स्थायी शिक्षकको सरुवा गर्नु पर्नेमा त्यसो नगरि जेष्ठताको आधारमा सरुवा गरी अपायक ठाउँमा पु¥याएको भन्दै सरुवा पिडित शिक्षक संघर्ष समितिले पनि आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र