बजेटमा दबाब दिनेहरुलाई रोक्न अर्थमन्त्रालयमा अघोषित कफ्र्यु

१६ असार २०७०, आईतवार १३:१६ मा प्रकाशित

काठमाडौं, १६ असार । विभिन्न समूह/उपसमूहले बजेटमा आफ्ना माग सम्बोधन गर्न र तलब वृद्धिको माग राख्दै अर्थ मन्त्रालयमा आउनेको संख्या 
अघोषित रुपमा कफ्र्यु लगाइएको छ । बजेट निर्माणमा अवरोध पुगेको भन्दै अर्थ मन्त्रालयमा यसरी अघोषित कफ्र्यु लगाइएको हो । चालु आर्थिक वर्ष ०६९/७० सकिन १५ दिन बाँकी रहेको छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट निर्माणमा अवरोध पुगेको र समयमा बजेट सार्वजनिक गर्न नसकिने अवस्था आएको भन्दै कडाई गर्न सम्बद्ध सुरक्षा निकायसँग आग्रह गरेका कारण अघोषित कफ्र्युको अवस्था सिर्जना गर्नुपरेको हो ।
बजेट निर्माणपूर्व नै विभिन्न राजनीतिक दलआबद्ध निजामती कर्मचारी संघसंगठनका नेताले मन्त्रालयमा तलब वृद्धिको माग राखेपछि बजेट निर्माण मण्डल पछिल्लो समयमा तनावमा रहेकाले मन्त्रालयको पहिलो र दोस्रो तलामा अघोषित रूपमै कफ्र्यु लगाइएको मन्त्रालय स्रोतले बतायो ।
तनाव र दबाबबीच सरकार बजेटको अन्तिम तयारीमा जुटेको छ भने अर्कोतर्फ कर्मचारीको महत्वाकांक्षी माग न्यूनतम २० हजार रूपैयाँ र अन्य सेवा–सुविधालाई नयाँ बजेटमा समेटेर वृद्धि गर्न दिइएको दबाबका कारण बजेटलाई अन्तिम रूप दिन कठिनाइ उत्पन्न भएको छ ।
लामो समयदेखि तलब वृद्धि नभएको र महँगी बढेको भन्दै चुनावी सरकारका अर्थमन्त्री कोइरालालाई कर्मचारीले एकसूत्रीय माग लिएर जाने, विभिन्न संघसंस्थाले समाज विकास र परिवर्तन भन्दै बजेट माग गर्ने, अन्य मन्त्रालयले आफ्नो क्षेत्रमा रहेका विकास निर्माणका काम सम्पन्न गर्नकै लागि बजेट माग गर्नेको भीड बिहानैदेखि अर्थ मन्त्रालयमा लाग्ने गरेको छ ।
तीन वर्षदेखि वृद्धि नभएको तलब न्यूनतम ३ हजारदेखि ५ हजार रूपैयाँसम्म वृद्धि गर्न सरकारले मापदण्ड र स्रोतसमेत जुटाएको मन्त्रालयको दाबी छ । तर, असन्तुष्ट कर्मचारीले कडा दबाबका साथै हजारौँ रूपैयाँ र अन्य सेवा सुविधासहित वृद्धि गर्ने दबाब दिएपछि अर्थ मन्त्रालयको पहिलो र दोस्रो तलामा कफ्र्यु लगाइएको हो । सरकार आफ्नै कर्मचारीको घेराबन्दीमा पर्ने भएपछि मन्त्रालयले दुई तलामा दायाँ–बायाँ नहेरी हिँड्न र भीडभाड नगर्न÷नगराउन त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई कडा आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस