एमाओवादीद्वारा जग्गा कब्जा

१६ असार २०७०, आईतवार १२:५९ मा प्रकाशित

काठमाडौं, १६ असार । अखिल नेपाल किसान महासंघ क्रन्तिकारीका कार्यकताले पश्चिम चितवनको पटिहानी गाविस–३ स्थित १८ विगाह निजी जग्गा कब्जा गरेको छ । अनेकि महासंघ एमाओवादीको भ्रातृ संगठन हो । ब्यवसायी कुमारदास श्रेष्ठको १८ विगाह ४ कठ्ठा १५ धुर जग्गा एमाओवादी कार्यकर्ताहरुले झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका छन् । धान रोपाइँ गरेर असार पन्ध्र मनाउने दिन एमाओवादीले जग्गा कब्जा गरेपछि श्रेष्ठ तनावमा परेका छन् ।
वि.सं. २०२० मा जंगल फडानी गरेर गौचरनको रुपमा रहेको जग्गा श्रेष्ठले झुक्याएर जबरजस्ती आफ्नो नाममा दर्ता गरेकोले कब्जा गरिएको किसान महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष शिव रेग्मीले दाबी गरे ।
०५९ सालमा समेत झण्डा गाडेर जग्गा कब्जा गरेपनि श्रेष्ठ सम्पर्कमा नआएको र अहिले उक्त जग्गा उपभोग गरिरहेका गरीबहरुको उठिबास लगाउने अभीप्रायले जग्गा बेच्न खोजिएपछि जग्गा कब्जा गरिएको अध्यक्ष रेग्मीको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड