पदत्यागको घोषणामार्फत् बाबुरामले गरे एक तीरले दुई शिकार

१६ असार २०७०, आईतवार १२:५१ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीउपाध्यक्ष पद परित्याग गरेको विषय यतिबेला सो पार्टीभित्र तीव्र बहस र तनावको सन्दर्भ बन्न पुगेको छ । कामरेडहरुमा पदका आकांक्षा बढेका कारण केन्द्रिय समितिलाई झण्डै चारसयको संख्यामा विस्तारित गर्नुपरेको प्रकरण सेलाउन नपाउँदै केन्द्रिय समितिमा पदाधिकारी चयनको सन्दर्भ यतिबेला सो पार्टी नेतृत्वका लागि अत्यन्त टाउकोदुखाईको विषय बन्न पुगेको छ । 
सो पार्टीभित्र बाबुराम भट्टराईले पदत्यागको प्रकरण खडा गरेर एक तिरले दुई शिकार गरेको रुपमा यसलाई हेरिएको छ । एक त आफूलाई त्यागी व्यक्तिका रुपमा दर्शाउन पाइने, अर्को प्रचण्डलाई पनि पदत्यागका लागि दबाब दिने अवसरका रुपमा यसलाई उछाल्ने । बाबुरामको यो दाउ प्रचण्डले राम्रैसँग बुझेका एक केन्द्रिय सदस्यको कथन छ । तसर्थ, बाबुरामको राजीनामा स्वीकृत गर्नेभन्दा राजीनामा फिर्ता लिन उनलाई प्रेसर गर्ने काम प्रचण्ड समूहबाट भइरहेको छ । बताइएअनुसार आज आइतबारको बैठक बाबुरामको राजीनामा प्रकरणमै केन्द्रित रहेको छ ।
स्मरण रहोस्, जारी केन्द्रीय समितिको बैठकमा आर्थिक अनियमितताको आरोपसँगै पद लोलुपताको भीड र असन्तुष्टको संख्या बढेपछि उपाध्यक्ष भट्टराईले हठात् निर्णय गरेर पदत्यागको घोषणा गरेका थिए । यसरी उनले ‘उदारता’ देखाउँदा केन्द्रीय समितिको बैठक नै विषयान्तर भएको छ । पार्टीमा आएका नयाँ अनुहारसँगै अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमा पार्टीकै नेताहरू असन्तुष्ट भएपछि भट्टराईले एक कदम अघि सरेर पदत्यागको घोषणा गरेका हुन् ।
एक केन्द्रीय सदस्यका अनुसार बाबुरामपत्नी एवम् नेत्री हिसिला यमी र नेता प्रभु साहका विषयमा विवाद आएपछि भट्टराईले पदत्याग गरेका हुन् । बैठकमा कोषाध्यक्षमा लगिएकी यमी र स्थायी कमिटीमा लगिएका साहको चर्को विरोध भएपछि भट्टराईले आवेशमा राजीनामा दिएका हुन् । ‘बढुवा हुँदा एक पद माथि गइन्छ, यमीका हकमा स्थायी कमिटी र पदाधिकारी अनि साहका हकमा केन्द्रीय सदस्यबाट पोलिटब्युरो हुनुपर्नेमा स्थायी कमिटीमा लगिएपछि आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।