कपिलस्तुमा एक लाख ३० हजार बढी निरक्षर

१६ असार २०७०, आईतवार १२:१८ मा प्रकाशित

कपिलवस्तु, १६ असार । चालु आर्थिक वर्षमा कपिलवस्तुमा साढे १८ हजार नागरिकलाई साक्षर बनाइने भएको छ । साक्षर नेपाल अभियानअन्तर्गत १५ गाविसका १८ हजार ५ सय नागरिकलाई साक्षर बनाइने भएको हो ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका उपनिर्देशक केशवप्रसाद दाहालले २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मूलन गर्ने कार्यक्रम रहेको बताउनुभयो । तौलिहवामा आयोजित साक्षरता कार्यक्रमबारे जानकारी दिँदै उहाँले यस वर्ष नेपालमा ४० लाख ५४ हजार ६ सय ४९ नागरिकलाई साक्षर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । दाहालले समग्र विकास निर्माण कार्यहरलाई साक्षरतासँग जोडेर कार्यक्रमहरु लैजानको लागि मातहतका मन्त्रालयमार्फत् निर्देशन दिइएको समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसादले सबैको साझा दायित्व बोध गराएर अभियानमा सघाउनुपर्ने बताउनुभयो । त्यसको लागि राजनैतिक दल, सरकारी तथा गैर सरकारी संस्था, नागरिक समाज र संचार जगतले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
जिल्लामा १ लाख ३० हजार २ सय २६ जना नागरिक अझै निरक्षरको सूचीमा रहेको तथ्यांकमा उल्लेख रहेको छ । सन् २०१५ सम्ममा निरक्षरता उन्मूलन गर्नको लागि विस्तारै अभियानलाई अगाडि लगिएको कार्यक्रममा बताइएको छ । विभिन्न गाविसका विद्यालय, सामुदायिक अध्ययन केन्द्र र गैरसरकारी संस्थामार्फत् यसै आथिर्क वर्षमा १५ गाविसलाई साक्षर गाविस घोषणा गरिने अनौपचारिक शिक्षा कार्यक्रमका श्रोत व्यक्ति नारायणप्रसाद लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा