हिमानी ट्रस्टको कार्यक्रममा पूर्वराजाले भने- ‘बिग्रेको राजनीतिले देशै पीडित’ !

१६ असार २०७०, आईतवार १२:१० मा प्रकाशित

काठमाडौं, १६ असार । पूर्वयुवराज्ञी हिमानी शाहको अध्यक्षतामा चार वर्षअघि स्थापिना गरिएको हिमानी ट्रस्टको चौथो साधारणसभा शनिबार बालुवाटारमा सम्पन्न भएको छ । ट्रस्टको साधारणसभामा पूर्वराजा ज्ञानेन्द्र समेत उपस्थित भएर उक्त संस्थाको महत्व बढाइदिएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह ट्रस्टका संरक्षक पनि हुन् ।
सो अवसरमा पूर्वराजा शाहले संविधानसभाको निर्वाचनप्रति आफू आशावादी रहेको अभिव्यक्ति दिए । कार्यक्रममा उनले बदलिँदो नेपाली राजनीतिबारे टिप्पणी गर्दै मंसिरका लागि सरकारले तय गरेको निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र हुनुपर्ने जिकिर गरे । भर्खरै तराई–मधेसको भ्रमण सकेर आएका पूर्वराजाले थपे, ‘जनता निर्वाचनका लागि जनता चिन्तित छन् भन्ने मैले बुझेको छु ।’ उनले निर्वाचन प्रजातान्त्रिक प्रक्रियामार्फत हुनुपर्ने बताए । जनताले भयरहित स्वतन्त्र वातावरणमा भोट हाल्न पाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सबै पक्षको सहभागिता र भाग लिने वातावरण बनाई धाँधलीरहित किसिमको निर्वाचन हुनुपर्छ ।’
काठमाडौंमा बसेर राजनीति र जनताको भावना बुझ्न नसकिने उल्लेख गर्दै मुलुकका विभिन्न जिल्लामा छरिएर बसेका नागरिकका विभिन्न अपेक्षा रहेको, दुःख, कष्ट र उनीहरूले भोगिरहेको समस्याबारे आफूले प्रत्यक्ष बुझेर आएको प्रस्ट्याए ।
राजधानीमा बसेर राजनीति र जनभावना बुझ्न नसकिने, त्यसका लागि जिल्ला र गाउँमा जानुपर्ने उनले सुझाव दिए । राजनीतिदेखि जनता दिक्क रहेका, बिग्रेको राजनीतिले नै उनीहरु दुखित बनेका ठहरमा आफू पुगेको उल्लेख गर्दै उनले भने, यसतर्फ ध्यान दिनुपर्ने मैले बुझेको छु ।’
राजनीतिज्ञहरू राजनीतिका कुरा गरेर नथाक्ने तर राजनीतिक थितिका विषयमा कमजोर हुने अवस्थाले मुलुक समस्यामा फसिरहेको उनको अभिव्यक्ति थियो । देशको माटोलाई राजनीति गर्नेले बुझ्नुपर्ने पूर्वराजाको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट