प्रहरीको सुरक्षामा सरकारी जग्गामा निजी घर निर्माण, जिल्ला प्रशासन तमासे

१६ असार २०७०, आईतवार ११:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १६ असार । प्रमुख जिल्ला अधिकारी आफैंले सरकारी जग्गा हो भनी प्रमाणित गरेको ठाउँमा प्रहरीको सुरक्षामा धमाधम निजी घरहरु निर्माण भइरहेको घटना स्वाभाविक लाग्दैन । तर, बुटवल नगरवासीले यस्तो आश्चर्य दैनिक टुलुटुलु हेर्नु परिरहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल नगरपालिका ७ नेपालगञ्जरोड किनारको सरकारी जग्गामा अहिले धमाधम पक्की घर बनिरहेका छन् । घर निर्माणमा कसैले बाधा नपु¥याओस् भनि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएका दुई जना प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेका छन् । स्थानिय थानेश्वर थापाले दावी गरि आएको सो जग्गामा प्रकाश पुरी, कुमार श्रेष्ठ, गणेश शाही, श्रीधर श्रेष्ठ लगायतका दश जनाले पसले टहरा बनाएका थिए ।
थापाले गत वैशाख १४ गते मध्यरातीमा ‘डन’को सहायताले डोजर लगाएर ति पसल टहरा भत्काएका थिए । घटनामा मानवीय क्षति नभएपनि पचास लाख भन्दा बढी धनमाल क्षति भएको प्रहरीको प्रतिवेदन छ । उक्त घटना लगत्तै रुपन्देहीका प्रजिअ बालकृष्ण पन्थीले उक्त जग्गा थापाको नभई सरकारले राजमार्ग निर्माणको क्रममा थापालाई मुआब्जा दिएर सरकारीकरण गरेको प्रमाणित गरि बुटवल नगरपालिका (बुनपा) कार्यालयलाई थापाको नाममा भएको सो जग्गाको विटौरी (नगरपालिकाले धनीपुर्जा दिएको र मालपोतले पुर्जा दिने क्रममा भएको जग्गालाई विटौरी भनिन्छ) धनीपुर्जाको श्रेष्ता खारेज गरि कर नबुझ्न निर्देशन दिएका थिए । सोही वमोजिम वुनपाले श्रेष्ता खारेज गरेको जग्गा शाखा प्रमुख हरि आचार्यले बताए ।
स्थानिय प्रशासन ऐनमा सरकारी जग्गाको संरक्षण गर्ने कर्तव्य र अधिकार प्रजिअको भएको बारे ध्यानाकर्षण गराउँदा प्रजिअ पन्थीले उक्त जग्गाको प्रकृतिबारे आफू स्पष्ट नभएको द्वैध चरित्रजन्य जवाफ समेत दिए । वुनपाका जग्गा शाखा प्रमुख आचार्यले सो जग्गाको श्रेष्ता खारेज गर्न प्रजिअको निर्देशन आएपनि संरक्षणका लागि निर्देशन नआएको बताए । इलाका प्रहरी कार्यलय बुटवलका डिएसपि राजकुमार वैदवारले अर्को हिंसात्मक घटना नहोस भनि सुरक्षाको लागि प्रहरी खटाएको र घर निर्माण भईरहेको जानकारी प्रजिअ र वुनपालाई दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र