अनेसास कोलोराडोमा साहित्य संगम कार्यक्रम सम्पन्न

१६ असार २०७०, आईतवार ०९:१२ मा प्रकाशित

कोलोराडो । अनेसासा कोलोराडो च्याप्टरद्वारा आयोजना गरिने नियमित “साहित्य संगम” कवि गोष्ठी कार्यक्रम यहि जुन २९ तारिक शनिबारका दिन अरोरा सेन्टिनियल निवासी राजेन्द्रसलोना सिग्देलको आतिथ्यमा उहाँहरुकै निवासमा सफलता पुर्वक सम्पन्न गरियो ।

निम्न उपस्थिती रहेको उक्त कार्यक्रमको सभापति कोलोराडो च्याप्टरका अध्यक्ष आचार्य प्रभाले गर्नु भएको थियो भने कार्यक्रम संचालन उक्त संस्थाका महासचिव कपिल सुबेदीले गर्नु भएको थियो । कार्यक्रममा थोरै उपस्थिती भएपनि कार्यक्रम साहित्यमय बनेको थियो । आ-आफ्ना रचना बाचन गर्नु हुनेहरुमा अ.ने.सा.स. केन्द्रिय महासचिव पदम बिश्वकर्मा, साबु गदाल कार्की, राजेन्द्र सिग्देल,केशब आचार्य, राजु सिटौला, कपिल सुबेदी, आचार्य प्रभा हुनुहुन्थ्यो । सबैले आ-आफ्ना २३ वटा रचनाहरू प्रस्तुत गर्नु भएको थियो । उक्त कवि गोष्ठीमा आगन्तुक रचनाहरू मनु ब्राजाकी र ज्ञानेन्द्र गदालका थिए । कार्यक्रम् साहित्यमय बनेर छोटो मीठोका साथ सम्पन्न भएको थियो । रचना श्रवण गर्नु हुनेहरुमा रवी कार्की, पवन बिश्वकर्मा र प्रस्तुत बिश्वकर्मा हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमको अन्तिम चरणमा आचार्य प्रभाले कार्यक्रम् समापन भएको घोषणा गर्नु हुँदै उक्त कार्यक्रम आयोजना गरिदिनु हुने सिग्देल परिवारप्रती अनुग्रिहित बन्दै कोलोराडो च्याप्टर यसरी नै सबै साहित्यानुरागीहरूको सहयोगले अझ फस्टाउँदै गएको बताउनु भयो । कार्यक्रमको समापन पछि जलपानको ब्यवस्था पनि गरिएको थियो । कार्यक्रमका सम्पुर्ण तस्बिरहरू लिईदिनु भएर राजेन्द्र सिग्देल ज्युले यस कार्यक्रमलाई थप सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा