नगदको बलमा ‘नेपाली’ बन्न भारतीयको दौडधुप

१५ असार २०७०, शनिबार १२:१९ मा प्रकाशित

वीरगंज, १५ असार । जिल्ला प्रशासनमा नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिएका एक भारतीय नागरिक आफ्नो पोल खुलेपछि स्थानिय राजनीतिक दलका नेताहरुलाई मोटो रकमको नजराना दिई नेपाली नागरिकता बचाउन दौडधुप गरिरहेको खुलासा भएको छ । 
भारत बिहार पुर्वी चम्पारण अरेराज पिपरा बस्ने रामेश्वरप्रसादका छोरा बर्ष ४१ का अमेन्द्रप्रसादले नेपालको पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका वडा नं.१३ मा जन्म भएको भनी जन्म एवम स्थानिय बसोबासको नक्कली कागजातहरु तयार गरेर २०६३ साल चैत्र ११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मको आधारमा अमरेन्द्रकुमार कलवारको नामबाट नेपाली नागरिकता हात पारेका थिए ।
यस वास्तविकताको विषयमा बीरगंजमा एकाएक चर्चा सुरु भएपछि ती भारतीय नागरिक अमरेन्द्रकुमारमाथि कारवाही गर्न स्थानिय भद्रभलादमी तथा स्थानिवासीहरुले २०६६ सालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमक्ष लिखित रुपमा नै उजुरी गरेका थिए । उक्त उजुरीलाई पर्साका प्रमुख जिल्ला अधिकारीले सुनुवाई गर्दै कार्यवाहीका लागि गृह मन्त्रालयमा च.नं. १००८ मिति २०६९/०४/१५ को पत्र साथ सिफारिस गरेको थियो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साको पत्रसाथ सिफारिस भई आएको अमरेन्द्र कुमार कलवारको नेपाली नागकिता रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने भन्ने बिषयमा कारवाहीको लागी पेश हुँदा निजले २०६३/१२/११मा जन्मको आधारमा पर्सा कार्यालयबाट प्राप्त गरेको नं. ३४१०२२/४८ को नेपाली नागरिकता ऐन २०६३ को दफाको १४ (१) बमेजिम रद्ध गरी निज अमरेन्द्र कुमार कलवारलाई नेपाली नागरिकबाट हटाउने गरी नेपाल सरकार (गृहमन्त्रीस्तर)बाट मिति २०७०/२/१६ मा निर्णय भएकाले सो सम्बन्धि सक्कल फायलसहित मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सामा आवश्यक कारवाहीको लागी मिति २०७०/२/२७ गते पत्राचार गरेको थियो ।
सोही बमोजिम पर्साका प्रमुख जिल्ला अधिकारीले आफनो काम कारवाहीलाई तदारुकताका साथ अगाडी बढाएकै क्रममा अर्को तिर बाट भारतिय नागरिक कलवारले केही स्थानिय राजनीतिक दलका नेताहरुलाई मोटो रकमको नजराना दिई नागरिकता बचाउनको लागी दौडधुपमा लागेका हुन् । यसरी नगदको भरमा नेपाली नागरिक बन्न खोज्नेको जित हुन्छ कि कानून अगाडि पर्छ, प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा