
काठमाडौं, २६ चैत । पशुपतिनाथ मन्दिरको पहिलो पटक गणना गरिएको पहिलो दिन आइतवार दिउँसो २ बजेसम्मको भेटी, दान र दक्षिणा रु. १ लाख १३ हजार ६६ भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष नियमावली, २०६८ लागु गरेको नियम बमोजिम पशुपतिनाथ र वासुकी मन्दिरका भट्ट, भण्डारी तलबीका रुपमा रहेका र मन्दिरमा चढ्ने भेटी, दान, दक्षिणा कोष दाखिला हुन सुरु भएको कोषले जानकारी दिएको हो ।
गत साता पशुपतिनाथ मन्दिरका भट्ट-भण्डारीले मासिक १ लाख ६७ हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरी नियुक्ति गरिएको थियो । पशुपतिनाथमा चढाइने सबै भेटी भट्ट-भण्डारीले बाँडेर लिने प्रथा रहेको र उक्त भेटी, दान र दक्षिणा सार्वजनिक गर्नु पर्ने तथा ढुकुटीमा जम्मा गर्नु पर्ने माग हुँदै आएको थियो ।
गत साता आइतबारदेखि लागू हुने गरी सरकारले उनीहरूलाई तलब व्यवस्था गरेपछि विवाद टुंगिएको हो ।
यसअघि उक्त भेटी, दान र दक्षिणाको सम्बन्धमा आवश्यक सिफारिस गर्नका लागि पशुपति बिकास कोषका सदस्य–सचिव सुशील नाहटाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
निर्धारण गरिएको नयाँ व्यवस्था अनुसार मूलभट्टलाई मासिक ३ लाख, अन्य चार भट्टलाई प्रतिव्यक्ति मासिक १ लाख ६७ हजार र भण्डारीले पालो परेका बेला मासिक ३ लाख ५० हजार रुपैयाँ तलब तोकिएको छ । आगामी दिनमा भट्ट-भण्डारीले तलब बाहेक भेटी, दान र दक्षिणा लिन पाउने छैनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार
काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने
काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र