‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने’ पक्षमा एमाले महासचिव

१५ असार २०७०, शनिबार ११:४५ मा प्रकाशित

काठमाडौं, १५ असार । एमाले महासचिव ईश्वर पोखरेलले आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनपछि मात्रै राजनीतिलाई संवैधानिक मार्गमा ल्याउन सकिने भएकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्न यसैलाई केन्द्रित गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले निर्वाचन भाँड्न खोज्ने, हिंसात्मक विद्रोह गर्ने र हतियार उठाउन खोज्नेबाहेकका राजनीतिक विषय उठाउँदै आएका असन्तुष्ट दलसँग अधिकतम लचकताका साथ राजनीतिक विषयमा सम्बोधन गर्न एमाले तयार रहेको पनि बताए ।
घोषित मितिमै निर्वाचन सम्पन्न गर्न एमाले अघि बढेको विचार व्यक्त गर्दै उनले अन्य राजनीतिक दलबाट एमालेमा प्रवेश गर्ने लहर बढ्दै गएकाले निर्वाचनमा एमालेले बहुमत ल्याउने जिकिर गरे। असन्तुष्ट दलहरुले चुनावी सरकारका अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ भनी उठाएका सवालप्रति पोखरेलले व्यक्तिगत रुपमा आफ्नो समर्थन रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर