ठूलो ओहदा नपाएपछि रामचन्द्र झा एमाओवादी परित्याग गर्ने मूडमा

१५ असार २०७०, शनिबार १०:३७ मा प्रकाशित

काठमाडौं, १५ असार । नेपालीमा एउटा निकै प्रचलित उखान छ- चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी १ यो उखान यतिबेला एमालेको छँदाखाँदाको शानमान छोडेर ठूलो भाग खान एमाओवादी प्रवेश गरेका रामचन्द्र झाको लागि सटिक रुपमा लागू हुन पुगेको छ । एमाओवादी प्रवेश गरेको तीन महिना नपुग्दै उनी सो पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको उनी आफैंले खुलासा गरेका छन् । एमाओवादी प्रवेश गरेसँगै प्रचण्डद्वारा केन्द्रीय सदस्यको ओहदा हात पारेका रामचन्द्रले अब पदाधिकारी नपाए सो पार्टीबाटै राजीनामा दिने घोषणा बीबीसीलाई दिएको अन्तरवार्तामार्फत् गरेका छन् ।
एमाओवादीको जारी केन्द्रीय बैठकमा अध्यक्ष प्रचण्डले उनलाई स्थायी समितिमा स्थान दिने प्रस्ताव गरेपछि झा असन्तुष्ट बन्न पुगेका थिए । बीबीसी नेपाली सेवासँग शुक्रबार राति कुराकानी गर्दै उनले पदाधिकारी नपाए अब कनै पनि जिम्मेवारी नलिने बरु पार्टीबाटै राजीनामा दिएर राजनीतिबाटै सन्यास लिने बताए ।
एमाओवादीको पाँच सदस्यीयभन्दा ठूलो केन्द्रीय कार्यालय (हेर्डक्वार्टर) बनाउँदा आफूलाई पनि पदाधिकारीमा लैजाने सहमति भएको खुलासा गर्दै झाले तर ९ जना पदाधिकारीको प्रस्ताव गर्दा पनि प्रचण्डले आफ्नो लागि पदाधिकारीको स्थान नदिएकोमा आक्रोश व्यक्त गरे । ९ सदस्यीय पदाधिकारी हुँदा तराईबाट प्रतिनिधित्व नगराएको भन्दै उनले आपत्ति प्रकट गरे ।
झाले आफूलाई पछि प्रवेश गरेको भनी योगदानको अवमुल्यन गर्न नसक्ने उल्लेख गर्दै कम्युनिष्ट राजनीतिमा कोहीभन्दा कम नभएको बताए । चैते माओवादी भन्दै आफूलाई अपमानित गर्न खोजिएकोप्रति संकेत गर्दै उनले जहिले पार्टीमा लागे पनि कम्युनिष्ट आन्दोलनमा कोहीभन्दा पनि कम नरहेको र आफ्नो पनि ठूलो योगदान रहेको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही