रसुवागढीमा रक्तचन्दन समातियो, रौतहटमा हात्तीले लियो महिलाको ज्यान

१५ असार २०७०, शनिबार १०:२१ मा प्रकाशित

काठमाडौ, १५ असार । चीनसंग सीमा जोडिएको रसुवाको रसुवागढीमा नेपाली सेनाले ६ सय ५० केजी रक्तचन्दन समातेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सेना र प्रहरीका ६ वटा चेकपोष्ट नाघेर रक्तचन्दन बोकेको ट्रक शनिबार बिहान रसुवागढी पुगेको र बिहान गस्तीमा रहेको सेनाको टोलीले चेकजाँच गर्दा रोकिराखेको उक्त ट्रकमा रक्तचन्दन फेला परेको बताइएको छ । निकुञ्जका सहायक वार्डेन बुद्धि पाठकलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार चीन छिर्ने ढोका राति बन्द गरिएकाले ट्रक रोकिएको थियो । उक्त बाटो हुँदै चीनको केरुङ बजार पुगिन्छ । रक्तचन्दन ओसार पसारमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 
उता सर्लाहीको लालबन्दी गाविसमा जंगली हात्तीको आक्रमणवाट एक महिलाको मृत्यु भएको छ । हेमपुर गाविसकी एक महिला गम्भीर घाइते भएकी छिन् ।
शुक्रवार साँझ ७ वजे लालबन्दी ७ की धनमाया योन्जनलाई घर नजिकैको जंगलमा हात्रीले आक्रमण गरेको थियो । नजिकैको सामुदायिक वनवाट घर र्फकंदा उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातीनै लालबन्दीवाट दक्षिण लागेको हात्तीले बिहान ५ बजे हेमपुर गाविस ५ की नैनादेवी रायलाई पनि आक्रमणगरि गम्भीर घाइते बनाएको छ । विहान शौचगर्न छाता ओढेर गएकी रायलाई एक्कासी हात्तीले आक्रमण गरेको थियो । टाउकोमा चोट लागेकाले उनी अचेत छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र