नेपाली अपहरण गर्ने बंगलादेशहिरु इन्टरपोलद्वारा टर्कीमा पक्राउ

१५ असार २०७०, शनिबार ०८:५० मा प्रकाशित

काठमाडौं, १५ असार । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले नेपालबाट कामका लागि विदेशिएका ७ नेपालीलाई टर्कीमा बन्धक बनाउनेबिरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपछि टर्की प्रहरीले अपहरणमा संलग्न ३ बंगलादेशी नागरिकलाई पक्राउ गरेको जानकारी दिएका छन् । प्रहरी प्रधान कार्यालयको नेशनल सेन्ट्रल व्यूरोबाट टर्कीमा बन्धक बनाइएका नेपालीबारे इन्टरपोलमार्फत सूचना प्रवाह गरेपछि उनीहरु पक्राउ परेको डिआइजी सिलवालले बताए । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि टर्की प्रहरीले अपहरणमा संलग्न ३ बंगलादेशी नागरिकलाई पक्राउ गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइयो । अपहरणमा परेका ७ नेपालीलाई अपहरण गरी उनीहरुका आफन्तसँग ती बंगलादेशी नागरिकले पैसा मागेको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक सिलवालले इन्टरपोलसम्बन्धी विस्तृत जानकारी गराउँदै इन्टरपोलबाट जारी हुने सुचनाका प्रकारहरु, नेपाली नागरिक बिरुद्ध जारी भएको रेडकर्नर नोटिस, एनसिवि काठमाडौँबाट बिदेशीहरुलाई जारी भएको रेड कर्नर नोटिससम्बन्धी बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए ।
उनले नेपाली नागरिक बिरुद्ध जारी भएको रेडकर्नर नोटिस अन्तर्गत एनसिवि काठमाडौँबाट ११, एनसिवि न्यू डिल्ली (भारत) बाट २५, एनसिवि वासिङटन ( युएसए बाट ४, एनसिवि मिन्सक (बेलारुस) बाट १, एनसिवि अबुदाबी (युएई) बाट १३, एनसिवि रोम (ईटाली) बाट १, एनसिवि दोहा (कतार)बाट २०, एनसिवि रियाद (साउदी अरेबिया) बाट ३ र एनसिवि बहराइनबाट १ जना गरी कुल ७९ जना रहेको बताए । एनसिवि काठमाडौँबाट बिदेशीहरुलाई जारी भएको रेड कर्नर नोटिसमा US Citizen- Ian Baker र Indian Citizen- Rahul Haldiya रहेका उल्लेख गर्दै उनले इन्टरपोलले मानव बेचविखन सम्बन्धी बताए ।
प्रहरी नायव महानिरीक्षक सिलवालले इन्टरपोलले मानव बेचबिखन सम्बन्धी घटनाहरु रोक्न विभिन्न अप्रेशनहरु संचालन गरेकोमा सन २०१० Gabon मा संचालित अप्रेशन बाना अन्र्तगत १४० जना बालबालिकाहरु मुक्त गरिएको, सन २०११ धानामा संचालित अप्रेशन Bia 11 अन्र्तगत ५ बर्ष देखि १७ बर्ष सम्मका ११६ बालबालिका र सन २०१२ Burkina Faso मा संचालित अप्रेशन Tuy अन्र्तगत ४०० जना बालबालिकाहरुलाई मुक्त गरिएको जानकारी दिए । उनले नेपालबाट १० औ शताव्दीमा हराएको हस्त लिखित ग्रन्थहरु नेपाल प्रहरीले इन्टरपोल मार्फत युएसए स्थित Christie’s House मा लिलामीमा राखिएको अवस्थामा फेला पारी उक्त ग्रन्थहरु फिर्ताको प्रकृयामा रहेको समेतजानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४