बेलायती प्रधानमन्त्री डेभिट क्यामरुनद्वारा आभार प्रकट

१५ असार २०७०, शनिबार ०५:२३ मा प्रकाशित

धन घले, बेलायत । बेलायती प्रधानमन्त्री डेभिट क्यामरुनले भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) लाई पत्र पठाएर बेलायतका लागि गोरखालीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको छ ।

गत अप्रिलमा गेसोले पठाएको ३ बुँदे माग उल्लेखित पत्रको प्रधानमन्त्री क्यामरुनले दुई महिनापछि लिखित जवाफ दिनुभएको हो ।

‘तपाईले ९ अप्रिलमा पठाउनुभएको पत्रको लागि धन्यवाद, जुन पत्रमा तपाईले भुतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको मुद्दामा हस्तक्षेप गर्न मलाई आग्रह गर्नुभएको थियो ।’

वेलायती प्रधानमन्त्री क्यामरुनले लेख्नुभएको छ, ‘म के भन्न चाहन्छु भने बेलायत सरकार गोर्खा सैनिकले विगत र वर्तमानमा हाम्रो देशका लागि गरेको योगदानलाई उच्च कदर गर्दछ । हाम्रो देशका लागि गोर्खाहरुले गरेको योगदानको म स्वयं पनि अति कदर गर्छु र आभारी छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत