अमेरिकाबाट प्राप्त भएको आर्थिक सहयोग शाहलाई हस्तान्तरण

१५ असार २०७०, शनिबार ०५:२१ मा प्रकाशित

धर्म भट्टराई, अमेरिका । उपचार खर्चको अभावमा छट्पट्टिएका प्रजातन्त्रका सेनानी कांग्रेस नेता मगनी शाहको उपचार खर्चको लागि संयूक्त राज्य अमेरिकामा रहेका नेपालीबाट प्राप्त भएको ८ सय १५ डलर (७४,५०५) आर्थिक सहयोग विहिबार हस्तान्तरण गरिएको छ । जनसम्पर्क समिति मिचिगनका अध्यक्ष धर्म भट्टराईको सक्रियता तथा सोलिडारिटी ट्रष्ट एवं ऐक्यबद्धता मासिकको पहलबाट संकलन गरिएको सो रकम नेपाली कांग्रेसका युवा नेता तथा पुर्वसभासद गगन थापावाट शाहको सानेपास्थित कोठामा पुगेर हस्तान्तरण गरिएको हो ।

सो रकम हस्तान्तरण गर्दै यूवा नेता थापाले अध्यक्ष धर्म भट्टराई लगायत सहयोग रकम उपलब्ध गराउनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरुप्रति हार्दिक धन्यबाद तथा सम्मान प्रकट गर्नुभयो । उहाँले भन्नुभयो “परोपकारी र मानवतावादी काम भएको हुँदा यस सहयोगलाई मैले राजनीतिक दलको सिमानाभित्र राख्न चाहान्न । यस पवित्र कामलाई मैले बृहत्तर घेराभित्र राखेर हेर्न चाहान्छु ।” त्यस्तै नेता थापाले बिदेशका खबर स्वदेश र स्वदेशका खबर बिदेशमा बस्ने नेपालीलाई पुर्याउने मात्र नभई परोपकारी जस्तो पवित्र कार्यमा सक्रिय भई मगनी साह जस्ता योद्धा र कैयौँ पीडितहरुका लागि सहयोगको माध्यम बनेको ऐक्यबद्धता प्रकाशन तथा सोलिडारिटि ट्रष्टलाई पनि धन्यबाद ज्ञापन गर्नुभयो ।

रकम बुझेपछि खुसी व्यक्त गर्दै साहले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद सुनाइदिन बताउनु भएको थियो भने साहका छोरा हरिषचन्द्र शाहले बाबुको त्यागको सम्मान भएको बताउदै रकम सहयोग गर्नुहुने अध्यक्ष भट्टराई लगायतको टिमलाई धन्यवाद दिनु भएको थियो । देशमा प्रजातन्त्र र जनताको गासबास कपासका लागि सदैव लडेका तथा १४ बर्ष जेल सजाय भोगेका प्रजातन्त्रका महासेनानी शाह दमका विरामी रहेको र उपचार खर्च जुटाउन नसकेको समाचार प्रकासन भएपछि अमेरिकामा रहनु भएका समाजसेविहरुले सो सहयोग गर्नु भएको थियो । सो रकम हस्तान्तरण कार्यक्रममा ऐक्यबद्धता मासिककी सम्पादक मीना शर्मा, प्रबन्ध सम्पादक तथा सोलिडारीटी ट्रष्टकी अध्यक्ष चन्दा थापा, कोषाध्यक्ष अनिता भट्टराई लगायतको उपस्थित रहेको थियो ।

रकम सहयोग गर्नेहरुमा धर्म भट्टराई १०१ डलर, अमृत भट्टराई १०१ डलर, बिपिन श्रेष्ठ १०१, महेश के।सी १०१ डलर, पुण्य पराजुली १०१ डलर, ज्योति गिरी ५१ डलर, दिपक थपलिया ५१ डलर, राम बस्याल ५१ डलर, मधुकर रजाउरे ५१ डलर, दिलीप शिलवाल ३१ डलर, प्रकाश भट्टराई २५ डलर, घनश्याम पाण्डे २५ डलर, जानकी राई २५ डलर गरी जम्मा ८१५ डलर (७४ हजार ५ सय ५ रुपैयाँ) सहयोग रकम सङ्कलित भएको थियो । प्रजातन्त्रका सेनानी साहलाई सहयोग गर्न पाएकोमा आफुहरु खुसी र गौरवान्तित भएको बताउदै अध्यक्ष भट्टराईले राष्ट्रिय प्रजातन्त्र र समाजवादको लागि लड्नुभएका मगनी साह जस्ता त्यागी नेताहरुको सदैव कदर गर्नुपर्ने भन्दै सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत