दैवीप्रकोपमा उद्धारका लागि प्रहरीको पूर्वतयारी

१४ असार २०७०, शुक्रबार २२:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ असार । बाढी पहिरोजन्य दैवी प्रकोपका घटनामा व्यवस्थित ढङ्गले उद्धार कार्य संचालन गर्न बुटवलस्थित प्रहरीको दङ्गा नियन्त्रण गणले पूर्वतयारी गरेको जनाएको छ । उक्त गणका प्रमुख एसपी विक्रमसिंह थापाले बाढीपहिरो यस क्षेत्रको दैवी प्रकोपसम्वन्धी मुख्य समस्या भएको ठहर गरि त्यसका लागि आवश्यक पूर्वतयारी गरेको बताएका हुन् । ‘घटनामा व्यवस्थित ढङ्गले उद्धार कार्य संचालन गर्न आवश्यक पर्ने डोरी, वेल्चा, सवारी साधन लगायतका सामग्रीहरु संकलन गरि पूर्व तयारी सम्वन्धी अभ्यास कार्य समेत गरेका छौं’, थापाले भने ।
यहि असार २ र ३ गते तिनाउ नदिमा आएको बाढीले बुटवल नगरपालिका १ का ५६ वर्षिय हपिज अन्सारीलाई बगाएर वेपत्ता बनाएकोे र वडा नम्वर १३ बुद्धनगरका १ हजार ६ सय घर परिवार उच्च जोखिममा परेको घटनाले संवेदनशिल भई सतर्कता अपनाउदै पूर्व तयारी गरेको कुरा समेत थापाले बताए ।
त्यसैगरि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीले जिल्ला दैवीप्रकोप पीडित उद्धार कोषमा सरकारी नियम वमोजिमको न्युनतम २ लाख रुपैयाँ भएको बताएका छन् । तिनाउको वाढी र सिद्धबाबा मन्दिर क्षेत्रमा राजमार्गमा चुरे पहाडबाट खसिरहने पहिरोले विगतमा यस क्षेत्रमा ठुलो धनजनको क्षति भएका घटना धेरै छन् । यसवर्ष असार महिनामै ठुलो बाढी आएकाले साउन भदौमा थप डरलाग्दो बाढी आउने संकेत देखिएको स्थानिय बुढापाकाहरुले बताएका छन् ।
गत साताको तिनाउको बाढीले बुटवलको बुद्धनगर क्षेत्रको तटवन्ध नष्ट गरेकाले १ हजार ६ सय घरका ८ हजार जनसंख्या उच्च जोखिममा परेको बुद्धनगर विकास समितिका अध्यक्ष इश्वरी प्रसाद श्रेष्ठले बताए । भत्किएको तटवन्ध फेरी निर्माणको लागि दवाव दिईरहेको कुरा पनि उनले बताएका छन् । यस अतिरिक्त तिलोत्तमा टोल, रानीगञ्ज, मझुवा, विनापाते, नहरपुर लगायतका तिनाउ किनारका अन्य वस्तीहरु पनि जोखिममा रहेको श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार तिनाउ
किनारमा करिव ५ हजार घरमा १५ हजार भन्दा बढी जनसंख्याको बसोबास छ । बुढापाकाका अनुसार २०२७ सालमा तिनाउको बाढीले दाउरे टोल अर्थात अहिलेको पूरानो वसपार्क क्षेत्र बगाएको थियो । सो बाढीमा ठुलो धनजनको क्षति भएकाले तत्कालिन राजा महेन्द्रले समेत बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका थिए ।
त्यस्तै २०३८ सालको बाढीले तिनाउ पुल बगाएको थियो । जसले गर्दा राजमार्गको नक्सा नै बदल्नु परेको थियो । बुनपा ७ नेपालगंज रोडनेर नयाँ तिनाउ पुल निर्माण भएकाले बुनपा ५ पुलचोकबाट प्राचिन बटौली बजार हुँदै गएको राजमार्ग परिवर्तन भई बटौली बजारभन्दा वाहिरबाट अर्थात खस्यौली बजारबाट मात्र जाने बनाइएको थियो । जसले गर्दा प्राचिन बटौली बजारको व्यापारीक चहल पहल घटेर सुनसान भएको छ । अहिलेको बुद्धनगर क्षेत्र पनि २०३८ सालको बाढीले नै उकास क्षेत्र बनाएर बसोबास योग्य बनाएको थियो । त्यस्तै २०६३ सालको बाढीले खयरघारी र २०६७ सालको वाढीले विनापाते बस्ती बगाएको थियो । त्यसैगरि २०५६ सालमा बुटवलको ज्योतीनगरमा चुरे पहाड बगेर खसेको पहिरोले ठुलो धनजनको क्षति गरेको थियो । सिद्धबाबा मंन्दिर क्षेत्रमा चुरे पहाडबाट
खसिरहने पहिरोले समय समयमा ठुलो धनजनको क्षति गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४