किर्ते कागज बनाएर अर्काको जग्गा डेढ करोडमा बिक्री

१४ असार २०७०, शुक्रबार २१:४३ मा प्रकाशित

काठमाडौं, १४ असार । किर्ते कागजातबाट जग्गाको खरिद विक्री गरी ठगी गर्ने गंगबु डेरा गरी बस्ने झापा जिल्ला शनिश्चरे–६ घर भएका ३९ बर्षीय सुमन महर्जन र काठमाडौँ बिष्णु बुढानिलकण्ठ–५ बस्ने ५२ बर्षीय कान्छा थापालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । 
काठमाडौँ बिष्णु बुढानिलकण्ठ–५(ख) स्थित जग्गाधनी रिसभ धितालको नाममा मालपोत कार्यलय चावहिलमा दर्ता कायम भएको कित्ता नम्वर ४०८ को २–८–०–० क्षेत्रफल जग्गाको वास्तविक जग्गा धनी रुपन्देही जिल्ला आनन्दवन गाविस बस्ने रिसभ धिताल विदेशमा रहेको मौका छोपि सम्बन्धीत जग्गाधनी प्रमाणपत्र लगायतका कागजातहरु किर्ते बनाई नक्कली नेपाली नागरिकताको प्रमाणपत्र र नक्कली जग्गाधनी तयार गरी उक्त जग्गा काठमाडौँ बिष्णु गाविस–५ निवासी राजन श्रेष्ठलाई १ करोड ५५ लाख रुपैयामा विक्री गरेको खुल्न आएको प्रहरुीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ